बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पाण्डुसैनमा अस्थायि प्रहरी चौकी स्थापना

पाण्डुसैनमा अस्थायि प्रहरी चौकी स्थापना

  • बिहिबार, फाल्गुन ८, २०७६
पाण्डुसैनमा अस्थायि प्रहरी चौकी स्थापना

बाजुराको बुढिनंदा ९ पाण्डुसेनमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । वडा नम्बर ९ को कार्यालय मा एक कार्यक्रमका बिचमा अस्थायि प्रहरी चौकीको स्थापना गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।
पोरखै जंगलमा असुरक्षित यात्रा हुने त्यो जंगलमा आवतजावतमा असहज भएको पटक पटक जनगुनासो आएपछि प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । जिल्ला समन्वय समिति बाजूराका प्रमुख नरेन्द्र कुमार रोकाया, बुढिनन्दा न.पा.का उपमेयर सृष्टी रेग्मी, प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो । राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुख, स्थानिय समाजसेवी, बुद्धीजिवी, महिला, शिक्षक लगायत सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार