सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्रष्टाचारी जन्मिए देशमा (गजल)

भ्रष्टाचारी जन्मिए देशमा (गजल)

  • बिहिबार, फाल्गुन ८, २०७६
भ्रष्टाचारी जन्मिए देशमा (गजल)

भ्रष्टाचारी जन्मिए देशमा,कारबाही गर्न जागिर खाएको हु
तैले देश वेचिस र पो तेरै लागी म जञ्जिर लिएर आएको हु ।

सरकार भन्नुहुन्छ तैले कर तिर्नै पर्छ छल गर्न पाउदिनस
तैले करोड लुटिस र पो त्यसकै खातिर आएको हु ।

चाहिदैन मलाई तपाईले लुटेको करोड पैसाको आशा
मैले आमाको धोती सिलाउन नसकेर जागिर खाएको हु ।

चाहिदैन तैले लुटेको महल, सडककै धुलो काफी छ
मैले घरको माटी मिलाउन नसकेर जागिर खाएको हु ।

दुईछाक नुन पाए पुग्छ मलाई, छैन तेरो लुटेको पैसा लिनु
तैले घर लुटिस र पो तेरै बदलामा जञ्जिर ल्याएर आएको हु ।
उमेश प्रसाद अवस्थी(आदर्श)
हाल-काठमाण्डौ

चर्चामा

सम्बन्धित समाचार