शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • कालोबजारी तथा कृतीम अभाव सम्बन्धी गोष्ठीको आयोजना

कालोबजारी तथा कृतीम अभाव सम्बन्धी गोष्ठीको आयोजना

  • बिहिबार, फाल्गुन ८, २०७६
कालोबजारी तथा कृतीम अभाव सम्बन्धी गोष्ठीको आयोजना

बाजुरा ८ फागुन– जिल्लाको सदरमुकाम मार्तडीमा बजारमा हुने कालोबजारी तथा कृतीम अभावका बिषयमा गोष्ठीको आयोजना गरिएको छ । उद्योग पर्यटन तथा बातावरण मन्त्रालय सुदुरपश्चिम प्रदेशको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो । बजारमा रहेको कालो बजारीलाई कसरी हटाउने कृतम अभाव कसरी हटाउने भन्ने बिषयमा छलफल गरिएको घरेलु तथा साना उद्योग बाजुराका पदम बहादुर बलायरले बताए ।
मार्तडी बजारमा रहेका ब्यापारी उद्योग बाणिज्य संघ बाजुराका पदाधीकारी होटल ब्यवासीहरुसंग सो छलफल गरिएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयले बजारमा कालो बजारी र कृतीम अभाव गरे वा गराएमा के छ कानुन र के सजाय हुन्छ भन्ने बिषयमा मन्त्रालयका सचिव धर्मराज जोशीले सहजीकरण गरेका थिए ।
बडिमालिका नगरपालिका नगर उपप्रमुख कबिता बिष्टको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख सुनीता मिजार रहेको कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग बिकास समितिका कर्मचारी पदम ऐरले गरेका थिय ।
कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधी उद्ययोगी ब्यबासायी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार