शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरामा प्रजातन्त्र दिवस यसरी मनाईयो (तस्वीरसहित )

बाजुरामा प्रजातन्त्र दिवस यसरी मनाईयो (तस्वीरसहित )

  • बुधबार, फाल्गुन ७, २०७६
बाजुरामा प्रजातन्त्र दिवस यसरी मनाईयो (तस्वीरसहित )

बाजुरामा पनि ७०औँ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको छ ।  सदरमुकाम मार्तडीमा प्रभात फेरिको आयोजना गर्दै जिल्ला समन्वय समितिको प्राङ्गण भित्र कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।उक्त कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार लगाएतको सहभगिता रहेको थियो । साथै उक्त कार्यक्रममा प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र उनीहरुको स्मरण समेत गरिएको छ ।

त्यस्तै त्रिबेणी नगरपालिकाले प्रजातन्त्र दिवस मनाइएकाे छ । उपप्रमुख राधिका सुनारकाे अध्यक्षतामा भएकाे कार्यक्रम नगरपरिक्रमा गरेर काेण सभामा परिणत भएर समापन भएकाे थियाे । बाजुराका ९ वटै स्थानिय तहले प्रजातन्त्र दिवस मनाएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार