शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • मष्टेश्वरी आधारभूत्तमा प्रारम्भिक कक्षा सिकाई मेला

मष्टेश्वरी आधारभूत्तमा प्रारम्भिक कक्षा सिकाई मेला

  • मङ्लबार, फाल्गुन ६, २०७६
मष्टेश्वरी आधारभूत्तमा प्रारम्भिक कक्षा सिकाई मेला

पदम सिंह बाजुरा ६ फागुन – बडिमालिका नगरपालिका ८ रापक रहेको मष्टेश्वरी आधारभूत्त बिद्यालयमा प्रारम्भिक पढाई मेला गरिएको छ । कक्षा १ देखी ३ कक्षासम्मका आधारभुत तहका बिद्यार्थीहरुलाई पढाई सीपको विकास गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको सेतो गुराँस बालिबिकास सेवा बाजुराकी प्रबन्धक देबु खातीले जानकारी दिएकी छन् ।
शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न मष्टेश्वरी आधारभुत्त बिद्यालयले आयोजना गरेको पढाई मेलामा विद्यार्थीहरुको प्रस्तुती साँच्चिकै प्रशंशायोग्य थियो । कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरु पढाई सीपको विकास गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थी विच प्रतिस्पर्धा गराउन र एक आपसमा सिकाई आदान प्रदान गर्न हरेक पटक पढाई मेला संचालन हुँदै आएको खातीले बताईन ।
बिद्यालयका अभिभावबहरु शिक्षक र अन्य सरोकारवालाहरु पढाई मेलामा सहभागी थिए । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका सामग्री, फोटो प्रर्दशनीका साथै पढाई सम्बन्धि गीत, नृत्य, पढाई गति मापन क्रियाकलाप र गणितिय खेलहरु प्रर्दशन गरेका थिए ।
बडिमालिका नगरपालिकाको समन्वय युनिसेभ विश्व शिक्षा नेपाल र सेतो गुरास बाल बिकास सेवा बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा सिकाई मेलाको आयोजना गरेको थियो ।


पढाइ मेलाले पढने वातारण सृजना गने, गराउने, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्ने, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरु ब्यवस्थापन तथा सञ्चालन गर्न सहयोग गर्नुका साथै विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक विकास एवंम सुधार गर्न मद्दत पुग्ने बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले बताए ।


मष्टेश्वरी आभारभुत्त बिद्यालयका बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष अध्यक्ष बीरबहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल रहेका थिए । त्यसै गरि बिशिष्ट अतिथिहरुमा सेतो गुराँस बालबिकास सेवा बाजुराकी प्रबन्धक देबु खाती, नेबिसघका उपाध्यक्ष जनक थापा, बालमन्दिर आधारभुत्त विद्यालयकी प्रअ शुशिला बुढ्थापा लगाएत लगाएको उस्थिति रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार