शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपचार अभाबमा अस्पतालको बेडमा छट्पटाउदै मैना दमाई

उपचार अभाबमा अस्पतालको बेडमा छट्पटाउदै मैना दमाई

  • मङ्लबार, फाल्गुन ६, २०७६
उपचार अभाबमा अस्पतालको बेडमा छट्पटाउदै मैना दमाई

बडिमालिका नगरपालिका ९ बस्ने ४५ बर्षिय मैना दमाई उपचार अभाबमा अस्पतालको बेडमा जिवनमरणको दोसाधमा छटपटाइरहेकि छन् । जिल्ला अस्पताल बाजुराले सेति अञ्चल अस्पताल धनगढीमा लैजान रिफर गरेपनि उनि अस्पतालको बेडमा तड्पिरहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्कर्माले वताएका छन् ।
मधुमेह बाट थला परेकी मैनालाई स्थानिय शिक्षकको सहयोगमा जिल्ला अस्पताल पुयाएको थियो । अस्पतालमा १ हप्ता उपचार गरेपनि उनको रगतमा सुगरको मात्र धेरै रहेकोले उपचारका लागि रिफर गरेको छ । सामान्य सुगरको मात्रा ७० देखी १ सय ४० सम्म हुनु पर्ने हुन्छ, उनको भने बढेर ३ सय भन्दा बढि रहेको अस्पतालकि नर्स मनदेबी पाध्यायले वताएकी छन् ।
मैना अस्पतालको शैयामा मृत्यु कुरीरहेकी छन्, उनि बोल्न सक्ने अबस्थामा पनि छैन् । अन्यत्र लिन न पैशा छ न आफन्त रहेको आमा धनी सनाईले वताएकि छन् । बाजुरा अस्पतालमा मधुमेहको ट्याब्लेट मार्फत मात्र उपचार हुने गरेको छ, उनको रोग जटिल भइसकेकोले सुई मार्फत उपचार गर्नुपर्ने रहेको यहाँ सम्भब नभएको अस्पतालका प्रमुख डा. बिश्वकर्माले वताएका छन् ।
मैनाका श्रीमान बल बहादुर नेपालीले अर्को बिहे गरेका छन् । तिन बाट बच्चा नभएपछि अर्को बिहे गरेका गाँउलले वताए । बिहे गरेको १३ बर्ष सम्म बच्चा नभएपछि ३ बर्ष पहिले बिहे गरेका थिए । श्रीमान बिहे गरेपछि मैना माइति बस्दै आएकि थिईन् । होटलमा भाडा माझेर पेट पाल्ने गरेकी थिईन्, कार्तिक बाट उनि थला परेपछि उनि घरमै अलपत्र परेकी थिईन् । स्थानिय शिक्षक प्रमोद नेपालले ति महिलालाई उद्धार गरेर अस्पताल पुयाएको हो, हामी पनि उपचारका लागि पहल गरिरहेका छा,ै बडिमालिका महिला शाखाकि प्रमुख केशरी रोकायाले वताएकि छन् ।
मैनालाई अस्पतालमा अलपत्र रहेको खबर पाएपछि बडिमालिका नगरपालिकाको महिला शाखाले उपचारका लागि पहल गरिरहेको साहयक महिला विकास निरिक्षक बिन्दु बडालले वताएकि छन् । उनलाई आर्थिक र उनि सँग जाने अभिभाबक समन्वय गरिरहेको वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार