शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • गौमुलमा शिक्षक संघका नेता सहीत ५० परिवार नेकपा प्रवेश

गौमुलमा शिक्षक संघका नेता सहीत ५० परिवार नेकपा प्रवेश

  • मङ्लबार, फाल्गुन ६, २०७६
गौमुलमा शिक्षक संघका नेता सहीत ५० परिवार नेकपा प्रवेश

बाजुरा — जिल्लाको गौमुल गाउँपालिका वडा नं.२ का ५० जना परिवारले नेपाली काँग्रेस छोडेर नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी गौमुल २ नम्बर वडा संगठन कमिटीका सदस्यहरुले सोमबार सपथ ग्रहण कार्यक्रमको अवसरमा शिक्षक संघका नेता सहीत ५० परिवारले नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन ।

नेपाली काँग्रेस सशक्त व्यक्ति शिक्षक संघका नेता जनज्योती मावि दहकोटका शिक्षक राम बहादुर रोकाया सहित परिवारले काँग्रेस छोडेर नेकपामा प्रवेश गरेका छन् । काँग्रेसबाट गौमुल गाउँपालिकामा जनताले आश गर्ने दिन सकिएको निष्कर्ष सहित एकसाथ नेकपा प्रवेश गरेको बताएको छ । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका जनज्योती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुला सार्की लगायत सिंगो परिवार,सोही वडा पोदालीका धनकृष्ण रोकाया, मिन चदाँरा, मन रोकाया लगायत  ५० परिवार एकैसाथ नेकपा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसको गणको रुपमा रहेको उतm वडामा नेकपामा प्रवेश गर्नेको सोमबार लहर चलेको थियो । लामो समयसम्म यथास्थितिमै बस्नु पर्ने र परिवर्तनको विपक्षमा काँग्रेसले अझै अडान प्रस्तुत गरेको देख्दा काँग्रेसमा बसिरहनुको अर्थ सकिएको निष्कर्ष सहित प्रवेश गरेको नवप्रवेशीले बताएका छन् । नव प्रवेशीलाई नेकपा केन्द्रीय सदस्य लालबहादुर थापा, नेकपा जिल्ल्ला कमिटी सचिवालय सदस्य हरिबहादुर रोकाया, तुलसीराम रोकाया, सीता थापा लगायत नेताहरुले अविर लगाएर स्वागत गरेका हुन् । देश र जनताको पक्षमा वर्तमान सरकारले गरेका काम प्रति नेपाली जनताको विश्वास बढेकै कारण देशैभरी प्रवेशको लहर चलेको नेकपा केन्द्रीय सदस्य लाल बहादुर थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार