बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • पत्रकार प्रेम रौलेमाथी नेपाली कांग्रेस कार्यक्रताद्बारा पार्टी कार्यालयमै कुटपिट

पत्रकार प्रेम रौलेमाथी नेपाली कांग्रेस कार्यक्रताद्बारा पार्टी कार्यालयमै कुटपिट

  • सोमवार, फाल्गुन ५, २०७६
पत्रकार प्रेम रौलेमाथी नेपाली कांग्रेस कार्यक्रताद्बारा  पार्टी कार्यालयमै कुटपिट

बाजुरा ५ फागुन– राष्ट्रयि समाचार समितिमा कार्यरत पत्रकार प्रेम रौलेमाथी नेपाली काग्रेसका पाटि कार्यलयमा हातपात भएकाे छ। पत्रकार रौलेलाई बिभिन्न बाहान बनाई नेपाली काग्रेस पाटी कार्यालयमा बोलायर कुटपिट गरीएको पत्रकार राैलेले बताएका छन् । नेपाली काग्रेसका कार्यक्रता हिरेन्द्र रोकायाले अाफु माथि कुटपिट गरेको पत्रकार रौलेले बताएका छन् । केही दिन देखी रेडीयो पौरखीको परिक्षाका बिषय लिएर हाम्रो रेडियो हो हामी जे पनी गर्न सक्छौ भन्दै अाफु माथी हातपात गर्नुका साथै कुटपीट गरेको रौलेले बताएका छन् ।


२ दिन अगाडी रेडियो पौरखीमा स्टेशन म्यानेजर पदका लागि भएको परिक्षाको बिबाद हुदा उनले परिक्षा समेत बहिस्कार गरेका रौलेले हिजो एक बिज्ञप्ती मार्फत आफुु संगलग्न नेपाल प्रेस यूनियन बाजुराको अध्यक्ष पदबाट राजीनामा दिएको घोषण पछि नेपाली काग्रेसका नेता तथा कार्यक्रताहरुले फोनमा धम्की दिनुको साथै आज बिहान पाटी कार्यालयमा बोलाएर हातपात गर्नुका साथै कुटपिट गरेको पत्रकार रौलेले बताएका छन् ।


पत्रकार रौले रेडियो पौरखीको स्टेशन म्यानेजर पदका लागी दरखास्त दिएका थिए । नेपाली काग्रेस पाटी कार्यालयमा रौलेलाई काग्रेस कार्यक्रता हिरेन्द्र रोकायाले हातपात गरि कुटपिट गर्दा पनी नेपाली काग्रेस नेता तथा कार्यक्रता मुख दर्सक बनेर रमिता हेरेर बसेका राैलेले बतएका छन् । पाटी सभापतीलाइ यस बिषयमा बुझ्नखाेज्दा उनले फाेन उठाएनन । यता हिरेन्द्र राेकायाले भने अाफुले हातपात नगरेकाे राैलेले नै अाफै टिसट च्यातेकाे हाे, यसमा कुनै सलग्नता नभएकाे वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार