बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला सुरक्षा समितिद्धारा कैदिबन्दीलाई स्टेशनरी सहयोग

जिल्ला सुरक्षा समितिद्धारा कैदिबन्दीलाई स्टेशनरी सहयोग

  • आइतवार, फाल्गुन ४, २०७६
जिल्ला सुरक्षा समितिद्धारा कैदिबन्दीलाई स्टेशनरी सहयोग

बाजुरा ४ फागुन — जिल्ला सुरक्षा समिति बाजुराले जिल्ला कारागारमा रहेका कैदिबन्दीहरुलाई स्टेसनरी सहयोग गरेको छ । जिल्ला सुरक्षा समितिका ५ जना पदाधिकारीहरुले ब्यक्तीगत रुपमा स्टेशनरी सहयोग गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले केही समाज सेवा पनी गर्ने भन्ने सल्लाह अनुसार स्टेशनरी सहयोग गरेको जिल्ला सुरक्षा समिति सदस्य तथा समरजित गुल्म बाजुराका गुल्मपती रबिन श्रेष्टले बताए । जिल्ला कारागार बाजुरामा रहेका कैदिहरुका लागि कापी २६ ओटा १२ मार्कर र डटपेन सहयोग गरिएको गुल्मपती श्रेष्टले बताएका छन् ।
हरेक महिना सामाजिक सेवा गर्ने उदेश्यका साथ यसपछिका दिनमा पनी समाजिक सेवामा केही सहयोग र काम गर्दै जाने सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् । प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको ब्यक्तीगत सहयोगमा सो साम्रगी बितरण गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन् ।


जिल्लामा ५ जनाको सुरक्षा समिति रहेको छ र ५ जनाको सामुहीक सहयोगमा बाजुरा जिल्लामा कुनै पनी समाजमा केही नयाँ काम गर्ने उदेश्यका साथ सो कामको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक न्यौपानेले बताएका छन् । यसपछिका दिनमा पनी हरेक महिना सामाजीक क्षेत्रमा काम गर्ने सुरक्षा समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार