बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बाजुरा साँस्कृतिक महोत्सव सकियो

बाजुरा साँस्कृतिक महोत्सव सकियो

  • शुक्रबार, फाल्गुन २, २०७६
बाजुरा साँस्कृतिक महोत्सव सकियो

माघ २५ गतेबाट बुढीगंगा नगरपालिका ६ फालासैनमा आयोजना गरिएको महोत्स शुक्रवार सम्मपन्न भएकाे छ । समृद्ध मैरे बाम्का संस्थाका अध्यक्ष दिपक साउँदकाे अध्यक्षतामा सञ्चालन भएको समापन समारोहको प्रमुख अतिथि सभासद देवराज जोशीले रहनु भएको थियो । भने टेकराज शाही र हेमन्तराज उपाध्यक्षले सञ्चालन गरेका थिए ।

सातदिन सम्म चलेको महोत्सवमा ५० बढी कलाकारहरु प्रस्तुती दिएका छन् । भने स्थानीय झाँकी, नृत्य, छलिया सहीतका प्रस्तुती प्रर्दशन गरिएको आयोजक समिति सदस्य भरत बुढाले जानकारी दिएका छन् । अन्तिम दिन चक्र बमको बजोड प्रस्तुती सँगै कार्यक्रमको समापन गरिएको हो ।

समापन समारोहका बुढीगंगा नगरपालिकाका प्रमुख दिपक विक्रम शाह, उपप्रमुख तारा खाती, कार्यपालिका सदस्य माया शाह सहीतको उपस्थिति रहेको थियो । सुरुको दिन ६ सय टिक विक्री गरेको महोत्सवले अन्तिम दिन ५ हजार टिक विक्री गरेको छ । ३० लाख बढीको आर्थिक कारोबार गर्ने लक्ष्य सहीत सञ्चालित कार्यक्रममा आयोजकले सोही बराबर कारोबार भएको अनुमान लगाएका छन् ।

सबै कारोबार समीक्षा गर्न ढिलाई भएपनि अनुमानित ३० लाख बराबर कारोबार गरिएको अध्यक्ष दिपक साउँदले बताएका छन् । फालासैनमा पहिलो पटक आयोजना गरिएको महोत्वसको उद्घाटन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले गरेका थिए । सातै दिन गायीका तथा उद्घोषीका कल्पना ढुंगानाले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

चर्चामा

सम्बन्धित समाचार