शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • सिडियो साप -छाउपडिलाइ घरमा राख्दा म मरे कस्ले जिम्मा लिन्छ ? (भिडियाे सहित)

सिडियो साप -छाउपडिलाइ घरमा राख्दा म मरे कस्ले जिम्मा लिन्छ ? (भिडियाे सहित)

  • शुक्रबार, फाल्गुन २, २०७६
सिडियो साप -छाउपडिलाइ घरमा राख्दा म मरे कस्ले जिम्मा लिन्छ ? (भिडियाे सहित)

त्रिवेणी नगरपालिकामा पुगेर प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपाने स्थानिय जनप्रतिनिधिलाई छाउपडि कुप्रथाका बारेमा जानकारी गराईरहेका थिए । त्यहि बिचमा एकजना धामिले छाउपडिलाइ घरमा राख्दा म मरे कस्ले जिम्मा लिन्छ भनेर प्रश्न गरेका छन् ।
महिला तथा बालवालिका बिभागको आयोजनामा छाउपडी प्रथा निवारण सम्बन्धि छलफलमा छाउगोठमा राख्दा के कानुनी प्राबधान छ, गोठमा राख्दा हुने समस्या बारेमा न्याउपाने जानकारी गराईरहेका थिए । प्रजिअले आफ्ना कुरा राखिसकेपछि तपाइहरुको केही जिज्ञाशा छ की भनेर सहभागिलाई सोधे । त्यहि बिचमा त्रिबेणी ८ कालापानीका गंगा नेपालीले दुइहात जोड्दै भने छाउपडिलाइ घर त राखमला सर म मरे कस्ले जिम्मा लिन्छ भनेर प्रमुख जिल्ला अधिकारीलाई उल्टै प्रश्न गरे । उनि भेरालमाण्डौ देउताका धामि थिए, उनको शब्दमा सबै हासेपनि तर उनले मनदेखी मनमा लागेको कुरा भनेका थिए । उनको एउटै चिन्ता रहेछ, घरमा छाउपडि राखे देउता रिसाएर म मर्छु भन्ने रहेछ ।
उनको कुरा सुनेर प्रमुख जिल्ला अधिकारीले उनलाई सम्झाएपनि तर उनि भने अझै मान्ने अबस्था छैनन् । उनि त एक पात्र मात्र हैन बाजुरामा उनि जस्तै धेरै प्रश्न राख्ने धेरै रहेका छन् । रुढिबादि सोचका कारण अझै पनि छाउगोठ भत्काएपनि महिनावारी भएको बेला घरमा राख्न नमान्ने गरेका छन् । प्रहरी वा अन्य कोही अनुगमनमा गाँउमा पुगेपछि छाउप्रथा मान्दैनन भनेपनि तर छाउप्रथा मानिरहेका ति गंगा नेपालीको कुराले प्रष्ट थाहा हुने गरेको छ ।
जनप्रतिनिधि सँग प्रमुख जिल्ला अधिकारीले छाउपडि राख्नेलाइ कानुनी कार्यवाहि गर्ने बताएका थिए । केही सहभागिले प्रहरी गएर छाउगोठ भत्काउछन्, फेरी बनाउने गरेको वताएका थिए । मनदेखी छाउगोठ नभत्काउदा सम्म छाउपडि प्रथा अन्त्य हुने वताएका थिए । त्रिवेणी नगरपालिका उपप्रमुख राधिका सुनारले भनिन्, गोठ भत्काउने काम सँगै सँगै चेतना दिने काम समेत भइरहेको बताएका छन् । पहिला भनेका छौ, गोठ भत्काउने गरेका छौ, नमाने कानुनी कार्यवाहि गर्ने वताईन् । गृह मन्त्रालयको निर्णय अनुसार अहिले जिल्ला भरी प्रहरी छाउगोठ भत्काउने अभियानमा लागेको छ ।

https://www.youtube.com/watch?v=f19-2wYEO1E

चर्चामा

सम्बन्धित समाचार