बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • चोयाकोट माबिमा प्रारम्भिक कक्षा सिकाई मेला सम्पन्न

चोयाकोट माबिमा प्रारम्भिक कक्षा सिकाई मेला सम्पन्न

  • शुक्रबार, फाल्गुन २, २०७६
चोयाकोट माबिमा प्रारम्भिक कक्षा सिकाई मेला सम्पन्न

पदम सिंह/ बाजुरा २ फागुन / शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न बडिमालिका नगरपालिका ३ रजालीमा रहेको चोयाकोट माध्यामिक बिद्यालयले आयोजना गरेको पढाई मेलामा विद्यार्थीहरुको प्रस्तुती साँच्चिकै प्रशंशायोग्य थियो । आधारभुत तहमा पढाई सीपको विकास गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थी विच प्रतिस्पर्धा गराउन र सिकाई अनुभव आदानप्रदान गर्न हरेक पटक पढाई मेला संचालन हुँदै आएको सेतो गुरास बालबिकास सेवा बाजुराकी प्रबन्धक देबु खातीले बताईन ।
चोयाकोट माध्यामिक बिद्यालयका अभिभावबहरुर शिक्षक र अन्य सरोकारवालाहरु पढाई मेलामा सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका सामग्री, फोटो प्रर्दशनीका साथै पढाई सम्बन्धि गीत, नृत्य, पढाई गति मापन क्रियाकलाप र गणितिय खेलहरु प्रर्दशन गरेका थिए ।


बडिमालिका नगरपालिकाको समन्वय युनिसेभ विश्व शिक्षा नेपाल र सेतो गुरास बाल बिकास सेवा बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा चोयाकोट माध्यामिक बिद्यालयले सिकाई मेलाको आयोजना गरेको थियो । पढाई मेलामा प्रारम्भिक कक्षा पढाई सम्बन्धिका विभिन्न पाठ्य सामाग्रीहरुको स्टल राख्नुको साथै सरोकारवालाहरुलाई अवलोकन गराईएको थियो । शिक्षण सिकाइ, पढाइ सामाग्रीहरु र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने बिश्वासका साथ पढाइ मेलाको आयोजना गरिएको प्रबन्धक देबु खातीले जानकारी दिएकी छन् । बालबालिकाहरुलाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायबाट सहयोग पु¥याउने लक्ष्यका साथ पढाई मेलाकोआयोजना गरिएको खातीले बताईन ।


अभिभावकहरुले शिक्षकहरुलाई शिक्षण सिकाइ क्रियाकलाप, सिकाइ सुधार, पढाइ सुधार, शैक्षिक वातारण सुधार गर्नमा पढाइ मेलाले अभिप्रेरित गर्ने बिश्वास गरिएको बिद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले बताए ।
पढाइ मेलाले पढने वातारण सृजना गने, गराउने, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्ने, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरु ब्यवस्थापन तथा सञ्चालन गर्न सहयोग गर्नुका साथै विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक विकास एवंम सुधार गर्न मद्दत पुग्ने जिल्ला शिक्षा समन्वय इकाई प्रमुख गोपालद्धत्त जोशीले बताए । विद्यार्थीहरुको बाहिरी ज्ञान सहितको पढाइलार्ई एक अर्कामा आदान प्रदान गर्ने अवसर पढाइ मेलाले दिएको गैर सरकारी सघका केन्द्रिय सदस्य काँशी बिकले बताए । मेलाभित्र विद्यालयहरुमा सहयोग पढाइ सामग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको थियो ।


चोयाकोट माध्यामिक बिद्यालयमा गठीत बालकलबका अध्यक्ष गणेश बिकको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख गोपालद्धत्त जोशी रहेका थिए । त्यसै गरि बिशिष्ट अतिथिहरुमा बडिमालिका नगरपालिका ३ का वडा अध्यक्ष बीरबहादुर रावल बडिमालिका नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रंगमल बिक, सहकारी बोर्डका केन्द्रिय सदस्य अम्मर खड्का, गैरसरकारी सस्था महासघका केन्द्रिय सदस्य काशी विक, तुलाराम जैशी लगाएको पस्थिति हरको कार्यक्रममो संचालन शिक्षक प्रेम रावलले गरेको थिए ।

चर्चामा

सम्बन्धित समाचार