शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा फैलिएको रुघाखोकी “इन्फुल्जा ए भाइरस” रहेको पुष्टि

बाजुरामा फैलिएको रुघाखोकी “इन्फुल्जा ए भाइरस” रहेको पुष्टि

  • बिहिबार, फाल्गुन १, २०७६
बाजुरामा फैलिएको रुघाखोकी “इन्फुल्जा ए भाइरस” रहेको पुष्टि

बाजुराको हिमाली गाँउपालिकामा फैलिएको रुघाखोकी “इन्फुल्जा ए भाइरस” रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाएको थियो । ल्याब नमुना परिक्षण बाट इन्फुल्जा ए भाइरस पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
चार जना मध्ये २ जनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकजनालाई इन्फुल्जा बि भाइरस पुष्टि भएको पन्तले वताएका छन् । एकजनाको भने पोजेटिभ देखाएको उनले वताए । प्रदेश सरकार बाट प्रभाबित क्षेत्रमा ल्याब टेक्नीसियम पठाएर ल्याब नमुना परिक्षणका लागि काठमाडौ पठाएको थियो । यो भाइरसले बिरामीको मृत्यु नभएपनि महामारी भने लिन सक्ने पन्तले वताएका छन् । यो भाइरले मानिसको शरिरमा एक्कासी आक्रमण गर्ने गरेको छ । यो भाइरसले सन २००९ मा बिश्वमा नै महामारीको रुप लगेको थियो । यो भाइरस मौसमी रुघाखोकीका रुपमा देखा पर्दै आएको थियो ।
हिमाली गाँउपालिकामा रुघाखोकी फैलिएको जानकारी आएपछि स्थानिय सरकार, प्रदेश सरकार बाट स्वास्थ्यकर्मीको टोली पठाएको थियो । स्वास्थ्यकर्मीले एक हप्तामा ११ सय ७० जनाको उपचार गरेको थियो । अहिले पुर्ण रुपमा भाइरल रुघाखोकी नियन्त्रणमा आईसकेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले वताएका छन् ।
प्रभाबित क्षेत्रमा डाक्टरको टोली पठाएर उपचार गरेको थियो । गाउँपालिकामा फैलिएको मौषमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिएपछि गाउँपालिका भित्रका गाउँ गाउँमा पुगेर डक्टर सहितको टिमले उपचार गरिहेको हिमाली गाँउपालिका स्वास्थ्य संयोजक राज भण्डारीले वताएका छन् । टोल र घर घरमा पुगेर उपचार मात्र नभई स्वास्थ्य सन्देश समेत दिएको थियो ।
बिगतमा पनि यो क्षेत्रमा मौसमी रुघाखोकी फैलिदै आएको थियो । कुन भाइरस बाट हो भन्ने थाहा हुदैन थियो, अब कुन भाइरस हो जानकारी भएको छ । अब त्यहि अनुसारको तयारी गर्न सहज भएको जिल्ला जनस्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । अब त्यस क्षेत्रमा त्यहि अनुसारको स्वास्थ्य शन्देस र पुर्व तयारी गर्ने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार