शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ६
  • जनयुद्ध दिवसमा सार्वजनिक बिदा

जनयुद्ध दिवसमा सार्वजनिक बिदा

  • बिहिबार, फाल्गुन १, २०७६
जनयुद्ध दिवसमा सार्वजनिक बिदा

नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध शुरू भएको दिन फागुन १ गते कालिकोटको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

दिवसको अवसरमा पलातामा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए।

‘जनयुद्धका सहिदको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ’, उनले भने, ‘उक्त दिन गाउँपालिकामा बिदा दिने निर्णय भएको छ।’

चर्चामा

सम्बन्धित समाचार