बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • मङ्लबार, माघ २८, २०७६
वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाजुरा २८ माघ –शिक्षाको रुपान्त्रणमा युवाको भूमिका बिषयक जिल्बला स्तरिय वक्तृत्वकला प्रतियोगीता बाजुरा सदरमुकाम मार्तडीमा सम्मन्न भएकोको छ ।
बडिमालिका नगरपालिकाको आयोजना र युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा “शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयक” प्रतियोगितामा जिल्ला भरिका १२ जना युवाले भाग लिएका थिए । भाग लिएका मध्य बडिमालिका नगरपालिका वडा नम्बर ९ का प्रेम नेपाली प्रथम, बडीमालिका नगरपालिका वडा नम्बर ६ का मनबहादुर खड्का दृतिय र स्वामीकार्तिक गाउँपालिका वडा नम्बर २ का अर्जुन नेपाली तृतीय भएका छ्न । क्रमस प्रथमलाई ५ हजार ५ सय ५५ रुपैया, दृतियलाई ३ हजार ३ सय ३३ रुपैया र तृतियलाई २ हजार २ सय २२ रुपैया पुरुषकार दिईएको बडीमालिका नगरपालिकाका सायक स्तर चौथो तह प्रशासनका कर्मचारी वीरबहादुर विष्टले बताएका छन् ।
बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रङ्गमल विकको संयोजकत्वमा बाजुरा क्याम्पसका प्राध्यापक रुपक रौले र प्राध्यापक रमेश थापा रहने गरि मूल्याङ्कन समितिमा बनाएको थियो । उक्त समितिको मूल्याङ्कनको आधारमा छनोट गरिएको बिष्टले बताए ।
बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालको अत्तयक्षतामा संचालन भएको प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रीय सभा सदस्य बद्री प्रसाद पाण्डे रहेका थिए । त्यसै गरि अन्य अतिथिहरु बुढिगगा नगरपालिका नगरप्रमुख दीपक शाह, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावत, बडीमालिका नगरपालिकाकी उप प्रमुख कविता विष्ट, बुढीगंगा नगर उप प्रमुख तारा थापा खाती रहेका थिए । बडीमालिका नगरपालिकाका वडा अध्यक्षहरु बलबहादुर थापा, विनोद कुमार विक, खप्तड छेडेदह गाउँपालिका वडा अध्यक्ष कुम्भ नाथ लगायत पत्रकार महासंघ अध्यक्ष प्रकाश सिंह, गैर सरकारी संस्था महासङ्घ अध्यक्ष अग्नी शाही लगायतको उपस्थिति रहेको थियो । बडिमालिका नगरपालिकाको हलमा संचालन भएको कार्यक्रमको सञ्चालन बडीमालिका नगरपालिकाका सायक स्तर चौथो तह प्रशासनका कर्मचारी वीरबहादुर विष्टले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार