शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • स्वास्थ्य चौकी स्तरोन्नतिका लागि धार्मिक महा–महोत्सव लाग्ने

स्वास्थ्य चौकी स्तरोन्नतिका लागि धार्मिक महा–महोत्सव लाग्ने

  • बिहिबार, माघ २३, २०७६
स्वास्थ्य चौकी स्तरोन्नतिका लागि धार्मिक महा–महोत्सव लाग्ने

गगन अयडी

बाजुरा त्रिवेणी नगरपालिकामा वडिमालिका त्रिवेणी ज्ञान विज्ञान धार्मिक महा–महोत्सव लाग्ने भएको छ । तोली स्वास्थ्य चौकीको स्तरोन्नतिका लागी यहि माघ २७ गते देखि फागुन ५ गते सम्म महा—महोत्सव आयोजना हुने भएको हो । जिल्लाको त्रिवेणी नगरपालिकाका वडा नम्रब ३,४ र ५ को संयुक्त योजनामा महा—महोत्सव हुने भएको हो । भ्रमण वर्ष २०२० चलिरहदा समग्र त्रिवेणी नगरपालिकाका पर्यटकीय क्षेत्र पहिचान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना हुने भएको आयोजकले जानकारी दिएको छ । वडीमालिका, नाटेश्वरी देवी र दुई नदीको मिलन भएको मौरे क्षेत्रलाई चिनाउन पनि मदत पुग्ने महोत्सव समितिका संयोजक मन्दिरे भण्डारीले बताए । तोली स्वास्थ्य चौकीको स्तरोन्नतिका लागी कुनै क्षेत्र बाट पनि सहयोग नभएकोले धार्मिक महा—महोत्सव गर्न लागेको महोत्सव समितिका सह–संयोजक बिरबहादुर ऐडीले बताए । ‘हिन्दु धर्ममा टेकेर, हिन्दु धर्मको रितीरिवाज परम्परागत शैलीमा रहेर धार्मिक महोत्सव हुने छ’ उनले भने । महोत्सले हिन्दु धर्मको प्रचारप्रचासर संरक्षण गर्नमा पनि महोत्सव समितिका कोषाअध्यक्ष भिम साउंदले बताए । धार्मिक महोत्सवमा संकलन भएको रकम स्वास्थ्य चौकीको स्तरोन्नतिमा टेवा पुग्ने उनले विश्वास व्यत्त गरे धार्मिक महोत्सवमा प्रमुख वाचक अन्र्तराष्ट्रिय भागवत भुषण वाचन शिरोमणी नारायण शरण रहने छन् । यस्तै डाक्टर योगी श्री निर्विशेषानन्द, संगिताचार्य शिशिर साधक र भारत दक्ष मन्दिरका पुजारी आचार्य श्री तुलाराम दहाल रहने छन् ।

चर्चामा

सम्बन्धित समाचार