शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • एकल महिलाले मात्र नभएर अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

एकल महिलाले मात्र नभएर अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

  • बिहिबार, माघ २३, २०७६
एकल महिलाले मात्र नभएर अब एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

बझाङ२३ माघ — बझाङको थलारा गाँउपालिकाले गाँउपालिका भरि रहेका एकल पुरुषहरुलाई सामाजीक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । आर्थिक बर्ष २०६७।०७७ को बार्षिक निति तथा कार्यक्रम बमोजीम गाँउपालिकाले ५० बर्ष नाघेका एकल पुरुषहरुलाई सामाजीक सरक्षा भत्ता उपलब्ध गराउन लागेको गाँउपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनु भयो । समाजीक सुरक्षा भत्ता मासिक पाँच सय पाउने गरी गाँउपालिकाका नौ वटै वडामा तथ्याङ्क संकलन गर्ने काम भै रहेको उपाध्यायले बताउनु भयो । श्रीमतीको मृत्यु भएर एकल बसेका वा विवाह नै नगरी एकल बसेका पुरुषलाई समेत गाँउपालिकाले समाजीक सुरक्षा भत्ता उपलब्ध गराउन लागेको हो । अहिले सबै वडाले एकल पुरुषको निबेदन, नागरीकता,पत्नी मृत्युको प्रामाण पत्र र फोटाहरु संकलन गर्ने काम गरि रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार