बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • भाइरल ज्वरो : स्वामीकार्तिक खापर गाउँपालिकामा थप एक सहित दुई जनाको मृत्यु

भाइरल ज्वरो : स्वामीकार्तिक खापर गाउँपालिकामा थप एक सहित दुई जनाको मृत्यु

हिमालीमा स्वास्थ्यकर्मीकाे टाेली खटाइयाे

  • बुधबार, माघ २२, २०७६
भाइरल ज्वरो : स्वामीकार्तिक खापर गाउँपालिकामा थप एक सहित दुई जनाको मृत्यु

मार्तडी २२,माघ — जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।
भाइरल ज्वरोले मृत्यु हुनेमा सोही गाउँपालिका–१ साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडाराको मंगलबार मृत्यु भएको हो । सोही टोलका ७० वर्षीय दलबहादुर रावलको बुधाबार विहान मृत्यु भएको वडा नम्वर–१का वडाअध्यक्ष जनकबहादुर रोकायलो बताएका छन् ।
कडाराकोे मंगरबार राति करिव ९ बजेतिर मृत्यु भएको हो । मृतकका घरका पाँच जना विरामी परेको साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज वृज वि.क.ले बताए ।
उनले भाइरल ज्वरो प्रभावित क्षेत्रका लागि साप्पाटा स्वास्थ्य चौकीबाट जोरुमा औषधी सहित स्वास्थ्य चौकीको टोली गएको जानकारी दिएका छन् ।
मृतकका घरमा भएका विरामीको उपचार र सिंगो गाउँमा नै प्रत्येक घरमा भाइरल ज्वरोले थला परेकाले सोधपुछ गर्दै उपचारका लागि दुई घण्टाको पैदल दुरीको बाटो हिडेर ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्र्मी गएको वडाअध्यक्ष रोकायाले बडिमालिका खवरलाई बताएका छन् ।
उनले वडा नं १ को पुरै सिंगो गाउँनै भाइरल ज्वरोले थलापरेपछि स्वास्थ्य चौकीको टोली उक्त क्षेत्र पठाएको बताएका छन् ।
स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले शाखामा भएको औषधी लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । गाउँमा चिसोका कारण रुघाखोकी ज्वरो, लगायतका विरामकी भएकाले यसबाट बच्च स्वास्थ्य शाखा प्रमुख कैलाले आग्रह गरेको बताए ।
गाउँमा अधिकांश मानिसहरु विरामी परेकाले उपचारका लागि साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज वि.क.को नेतृत्वमा टोली खटाईको छ । टोली भाइरल ज्वरो नियन्त्रण नआउदा सम्म स्वास्थ्य कर्मीको टोली सोही क्षेत्रमा उपचारका लागि बस्ने शाखा प्रमुख कैलाको भनाई रहेको छ ।
एक साता अघि हिमाली गाउँपालिका–६ धुलाचौरमा बोर्डिगंमा तीन जना विद्यार्थीबाट सुरु भएको भाइरल ज्वरोले सो क्षेत्र पुरै प्रभावित बनेको छ । प्रभावित क्षेत्रमा प्रदेश सरकारले प्राविधिक सहित डाक्टरको टोली पठाईसकिएको प्रदेश सभा सदस्य बल्देब रेग्मीले बताएका छन् । जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशी नेतृत्वको टोली धुलाचौरमा मंगलबार नै गईसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार