बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु

बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु

  • बुधबार, माघ २२, २०७६
बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु

बाजुरा २२ माघ —बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएको छ। जिल्लाको  स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको छ । कडाराको मंगलबार साँझ मृत्यु भएको र उनको घरका अन्य पाँच जना पनि बिरामी भएको साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए।  गाउँपालिकाको वडा नम्बर एकका विभिन्न स्थानमा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएकाे स्वामीकार्तिक खापर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर शाहीले बताएका  छन्। सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक साता यता बिरामीको संख्यामा बृद्धि हुँदै गएको भन्दै स्वास्थ्यकर्मी विकले स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको  शाहीले बताएका छन्।

स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर कैलाले स्टकमा रहेको औषधिसहित भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिए।  स्वास्थ्यकर्मीहरुले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यमा हेरचाह तथा चिसो तातोमा ख्याल गर्न सुझाव दिएका छन्। त्यसे गरि हिमाली गाउँपालिकामा २ भन्दा बढि भाइरलका बिरामी रहेका छन् । साे ठाउँमा अाज प्राबिधीक सहितकाे टाेली पुग्ने भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार