बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • वडा अध्यक्ष हत्याको छानबिनका लागि आज बिनायक बजार बन्द

वडा अध्यक्ष हत्याको छानबिनका लागि आज बिनायक बजार बन्द

  • बुधबार, माघ २२, २०७६
वडा अध्यक्ष हत्याको छानबिनका लागि आज बिनायक बजार बन्द

अछाम — वडा अध्यक्ष हत्याको निश्पक्ष छानबिनको माग गर्दै आज बिनायक बजार बन्द गरिएको छ । मृतकका आफन्तहरुले बिहानै देखि सडकमा चक्काजाम गरेका छन । ब्यवसायिक पसलहरु समेत बन्द छन । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाई गरेको आरोप लगाएका छन ।
पन्चदेवल बजारमा बिहानै देखि टायर बालिएका छन । सवारी आवत जावत समेत बन्द भएको छ । पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदम बहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शब बुझ्न मानेका छैनन । अनुसन्धानका लागि कुकुर सहितको टोलि धनगढीबाट अछाम पुगेको जानकारी प्राप्त भएको छ । तालिम प्राप्त कुकुर सहितको टोलिले आज अनुसन्धान प्रक्रिया सुरु गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार