शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • चार आनाको मसला’मा बोल्ड स्वस्तिमा र सुपुष्पा

चार आनाको मसला’मा बोल्ड स्वस्तिमा र सुपुष्पा

  • मङ्लबार, माघ २१, २०७६
चार आनाको मसला’मा बोल्ड स्वस्तिमा र सुपुष्पा

काठमाडौं । ‘चपली हाइट ३’ अर्जुनकुमारको निर्माण रहेको फिल्म हो । चैत्र २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको पहिलो गीत ‘चार आनाको मसला’ सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । राम खम्बु र अस्मिता अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द तथा सुभाष भुषालको संगीत रहेको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम देखिएका छन् । डान्सिङ नम्बरको रुपमा तयार पारिएको गीतमा अभिनेत्रीद्वय स्वस्तिमा र सुपुष्पाको बोल्ड अवतार देख्न सकिन्छ ।

फिल्ममा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार