बुधबार, फाल्गुन १४, २०७६
  • होमपेज
  • मनोरञ्जन
  • ‘आमा’को शीर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक

‘आमा’को शीर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक

  • साेमबार, माघ २०, २०७६
‘आमा’को शीर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक

फागुण ९ बाट रिलिज हुने चलचित्र ‘आमा’को शीर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुसालको सङ्गीत रहेको छ । दिपेन्द्र के खनाल निर्देशित चलचित्रको गीतमा आमाले आफ्नो सन्तानका लागि गर्ने सङ्घर्षलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।केही समय अघि सार्वजनिक भैसकेको चलचित्रको ट्रेलरले पनि दर्शकको मन जितेको छ ।

यस चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुसाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ । ‘आमा’लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् साथै सह-निर्मातामा सन्तोष अधिकारी रहेक छन ।

चर्चामा

सम्बन्धित समाचार