शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्रका ओहीरा, कुरा सुन्छन कार्यन्वयन हुदैनन्

जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्रका ओहीरा, कुरा सुन्छन कार्यन्वयन हुदैनन्

  • आइतवार, माघ १९, २०७६
जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्रका ओहीरा, कुरा सुन्छन कार्यन्वयन हुदैनन्

बाजुरा १९ माघ–  जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कोल्टीका समस्या बारे एकपछि अर्को ज्ञापन पत्र प्रशासन कार्यालय पुग्ने गरेका छन् । समस्याको सुनुवाईको माग सहीत तीन साताको अवधीमा तीन वटा ज्ञापन पत्र जिल्ला प्रशासनमा बुझाईएका छन् । भने आधा दर्जन बढी पत्र प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण गरिएको छ ।

नागरिक समाज, राजनीतिक दल र अन्य सरोकारवाला समूहका नाममा ज्ञापन पत्र, ध्यानाकर्षण पत्रका नाममा विजुली, फोन, स्वास्थ्य सेवा, सडक सुविधा लगायतका माग राखेर स्थानीय प्रशासन कार्यालय पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।

नागरिक सेवा सरोकार मञ्च बाजुराको नाममा आज मात्र ८ बुँदे माग सहीतको ज्ञापन पत्र प्रशासन कार्यालयमा बुझाईएको छ । मञ्चका सहसंयोजक सर्पलाल गिरी, नागरिक अगुवा गोरख कार्की सहीतका व्यक्तिहरुले ज्ञापन पत्र बुझाएका हुन् । कोल्टी क्षेत्रमा बाजुराका नौ मध्ये ४ वटा स्थानीय तह छन् । भने प्रदेश निर्वाचन क्षेत्र क पनि त्यसै क्षेत्रमा पर्दछ ।

जनप्रतिनिधीहरुले जनताका मागलाई संवोधन गर्न नसकेको, जनप्रतिनिधीको आर्थिक स्वार्थका कारण भ्रष्टाचार बढेको र विकासमा कमिशन र मनोमानी बढेको आरोप सहीतका मागहरु उल्लेख गरिएका छन् । कोल्टी बजारमा खानेपानी र विद्युत सेवा बर्षौदेखि सुधार हुन नसकेको, फोन सुविधाबाट वञ्चित हुनु परेको, प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर विहिन हुँदा उपचार सेवाबाट वञ्चित हुनु परेको ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।

कच्ची सडकका नाममा व्यवसायीले मनोमाी भाडा असुली गर्ने गरेको, हवाइ भाडामा एकरुपता नभएको र संघ प्रदेश र स्थानीय तहका योजनामा कार्यकर्ताको खुलेआम कमिशन लने गरेको अवस्थाको अनुगमन सहीत सुधारको माग गरिएको छ । साथै बजार क्षेत्रमा पनि व्यापारीले सडक अवरुद्धको नाममा खुलेआम एकै सामानमा २० देखि ३ सयसम्म महँगो दरमा विक्री गर्ने गरेको बताईएको छ ।

कोल्टी बजारका लागि निर्माण गरिएको जुड्डीगाड लघुजल विद्युत आयोजनामा वर्षेनी बजेट जाने र खर्च हुने तर विजुली नजल्ने कारण खोजी गरि विद्युत समितिलाई कारवाही गरिनु पर्ने माग गरिएको छ । बुढीनन्दा नगरपालिकाका नगर प्रमुखले गरेको मनोमानी निर्णय र किर्ते उपभोक्ता समिति गठनको विषयमा छानवीन गरि कारवाही गरिनु पर्ने पनि माग गरिएको छ ।

जवाफमा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले केही समस्या स्थानीय तहबाटै गर्नु पर्ने भन्दै बाँकी सबै मागको सुनुवाईका लागि पहल भईरहेको बताएका छन् । नगर प्रमुख विरुद्ध उजुरी आईसकेको र सवारी साधानले गर्ने मनोमानीका लागि ट्राफिक प्रहरीलाई नै राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । नागरिक समाजले भने माग सुनुवाई नभए सशक्त आन्दोलन गर्ने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार