प्रीय युवाशक्ति,

  • आइतवार, माघ १९, २०७६
प्रीय युवाशक्ति,

स्थानीय जनताको नेतृत्वमा स्थानीय स्रोत साधनको स्थानीय जनशक्ति परीचालन गरी स्थानीय क्षेत्रको विकास गर्ने महाअभियान स्वरुप मुलुकले संघीय शासन प्रणाली अवलम्बन गरेको छ । तपाईहरुको अमूल्य मत प्राप्त गरी पाँच वर्षका लागि बडीमालिका नगरपालिकाको बलियो जग निर्माणको जिम्मेवारी पाएको छौं । विभिन्न अवयवको संयोजनबाट सञ्चालन हुने शासन प्रणालीमा हामी जनप्रतिनिधि एक अगुवाई गर्ने पात्र मात्रै हौं । हामीलाई सत्मार्ग प्रदान गर्ने अहिलेको एक्काईसौं शताब्दीको युवाशक्तिले हो । वर्तमान युवा चाहना र आवश्यकता अनुसारका योजना तर्जुमा र कार्यान्वयमा युवाशक्तिको अहम भूमिका रहन्छ । हामीलाई सीमित जिम्मेवारी छ्न । हरडे खोलादेखि पोरखेसम्म र मनागाडदेखि पाटासम्मको चारकिल्ला भित्रका युवाशक्ति लाई मेरो अनुरोध छ । जिल्ला सदरमुकाम स्थापना भएको साढे तीन दशकमा भएको भौतिक र सामाजिक विकासको गती र हामी निर्वाचित भएको साढे दुई बर्षको विकासको गतीको तीव्रता मापन गर्दिनुहोस । सामाजिक सञ्जालमा गरेको लगानीको केही अंश भए पनी सामाजिक विकासमा गर्दिनुहोस तपाईहरुका विचार, धारणा र मागलाई सम्बोधन गर्न हामी तयार छौं । जुनसुकै माध्यमबाट हामीलाई सल्लाह प्रदान गर्न सक्नुहुनेछ । नगरपालिकाका “५ स ” (सडक-शिक्षा-स्वरोजगारी-स्वास्थ्य-सूचना प्रविधी) प्राथमिकतामा केन्द्रित भएर गरेका गतिविधिमा सुधारात्मक सुझाव दिनु भए सुधार गर्ने मौका पाउँछौ । आफ्नो घर नबनाई अर्काको घरको झ्यालबाट आफ्नो घरको खिल्ली गर्नु उपयुक्त नहोला । पोखरी फोहर भए पोखरीमा पसेर सफा गर्ने आँट भएको व्यक्ति युवा हो नकि डिलमा बसेर नाक थुन्ने । आउनुहोस मातृभूमिलाई समृद्ध र मातृभूमिबासी लाई खुसी बनाउने अभियानमा हातेमालो गरौँ ।

चर्चामा

सम्बन्धित समाचार