बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • रक्तदान उत्प्रेरक अर्जुन मैनाली

रक्तदान उत्प्रेरक अर्जुन मैनाली

  • शुक्रबार, माघ १७, २०७६
रक्तदान उत्प्रेरक अर्जुन मैनाली

अर्जुन मैनाली विश्व बिख्यात रक्तदाता हुन । हाल उनी हिक्सभिल, न्यूयोर्क, संयुक्त राज्य अमेरिकामा बस्छन । उनले ६ वटै महादेशका १७ वटा देशहरुमा रक्तदान गरेका छन । उनले सन १९८७ मा १९ बर्षको उमेरमा नेपालमा पहिलो पटक रक्तदान गरे यता सन २०१९ सम्ममा १७२ पटक गरेका छन । उनले दान गरेको रगतको परीमाण ८६,००० मिलिलिटर हुन आउँछ । यती परीमाणबाट ५१६ जनासम्मलाई बच्चाउन सकिन्छ ।
सन १९८६ तिर कलेजमा ‘द ब्लड डोनर’ पाठ पढेपछी रक्तदान बारे थाहा पाएका अर्जुनले सन १९८७ अगष्ट २० मा पहिलो पटक रक्तदान गरेका थिय । अर्जुन प्रायजसो फुर्सद हुनासाथ रक्तसन्चार सेवा केन्द्र, प्रदर्शनी मार्ग, काठमान्डौ जान्थे । त्यहा बिरामीको उपचार गर्नका लागि रगतको खोजिमा आएकाहरुको भिड हुन्थ्यो । कहिलेकाही रक्तसन्चार सेवामा रगत हुँदैनथ्यो । त्यसैताका श्रीमतीको सल्यकृयाको लागि दुई पोका रगत लिन आएका बिरामीका श्रीमानलाई रक्तसन्चारका कर्मचारीले रगत दिनु न भन्दा डराएको देखेपछी रक्तदाता अर्जुनले जरुरी पर्ने जो कोहिलाई पनि रगत दिन्छु भन्ने प्रण गरे ।
अर्जुनले सन १९९५ मा कोलकत्तामा ‘इन्टरनेसनल कोलोक्वियम अन एजुकेसन एज अ टुल फर ब्लड डोनर मोटिभेसन एण्ड रेक्रुटम्यन्ट’, सन १९९८ मा मुम्बईमा ‘इन्टरनेसनल कन्फरेन्स अन अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट अफ ब्लड ट्रन्समिसन सर्भिस प्लन्स एण्ड पोलिसिज’ र सन १९९९ मा जेनेभामा ‘इन्टरनेसनल कोलोक्वियम अन ब्लड डोनर रेक्रुटम्यन्ट’ जस्ता सम्मेलनमा भाग लिएर रक्तदान सम्बन्धी धेरै कुराहरु सिके । पछी अर्जुनले सन २०१९ विश्व स्वास्थ्य संगठनले रुवान्डामा आयोजना गरेको विश्व रक्तदाता दिवस २०१९ मा मुख्य उत्प्रेरक भएर १५ देशका करीब ३०० सहभागीहरुहरुमा सम्बोधन गरे ।
उनले आफ्नो रगत दान गर्न मिल्ने समय हुनासाथ मलावी, युगन्डा, इथियोपिया, रुवान्डा, केन्या, हैटी, एक्वाडोर जस्ता अल्पबिकसित देशहरुमा गएर रक्तदान गर्ने गर्थे । यसका केही कारण थिय । अफ्रिकाका धेरै जसो देशहरुमा गर्ववती र सुत्केरी महिलाहरु अत्यधिक रक्तश्राव भई जीवन गुमाउथे । अझ त्यहा नव शिशु र ५ बर्ष भन्दा कम उमेरका धेरै बच्चाहरु रक्त अल्पताका कारण जीवन गुमाउथे । दक्षिण एसियाका धेरै जसो देशहरुमा पनि यस्तै अवस्था छ । अर्जुनले भारत र थाइल्याण्डमा पनि रक्तदान गरेका छन ।
अल्पबिकसित देशहरुमा औलो र धेरै किसिमका प्राण घातक रोगहरु हुन्थे । त्यस्ता ठाउँहरुमा जानु भनेको आत्महत्या गर्नु जस्तै हो भनेर उनका साथीहरुले नजान सल्लाह दिन्थे । तर अर्जुनले आफुलाई अत्यधिक जोखिममा राखेर टाढा टाढासम्म गएर असाहय बिरामीहरुको लागि रक्तदान गर्थे । उनले रक्तदान गर्दै गर्दा स्थानिय युवाहरुलाई पनि रक्तदान गर्न हौषला प्रदान गर्थे । उनले सकेसम्म सबै रक्तदान कार्यक्रममा समान व्यबहार गरे ।
अर्जुनले अल्पबिकसित देश मात्रै होइन, बिकासित देशहरु; संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, आयरल्याण्ड, मकाउ अष्ट्रेलिया, बेर्मुडामा पनि स्थानिय युवाहरुसङै रक्तदान गरेका छन । उनी रगत नै दान गर्न भनेर संसारको कुना काप्चामा पुगेका छन । उनले सबैभन्दा लाम्रो २२ घण्टाको न्यूयोर्क देखी सिड्नीसम्मको १५९७९ किलोमिटरको हवाइ यात्राा गरेका थिय । अर्जुनले अमेरिकाको पुर्बी भाग न्यूयोर्क देखी पश्चिमको अलास्का सम्माका १४ राज्यका युवाहरुसँग रक्तदान गरेका छन ।
अर्जुनले नेपालमा रहँदा केन्द्रय रक्तसन्चार सेवासँग मिलेर सयौँ स्कुल, संघ संस्थाहरुमा रक्तदान उत्प्रेरणा र रक्तदान कार्यक्रम गरे ।  अमेरिका आए पछी पनि सन २००८ देखी अर्जुनले अमेरिकन नेपाली संघ संस्थाहरुलाई रक्तदान गर्न उत्प्रेरित गराए । सयौ संघ संस्थाहरुले रक्तदान गरे ।
अर्जुनको प्रत्यक्ष संलग्नतामा लाखौंमा रक्तदान उत्प्रेरणा भएको छ । हजारौँले रक्तदान गरेका छन । अर्जुनले सन २०१७ मा आफ्नै ३२५ हजार रुपैयाको खर्चमा काठमाण्डौका ७० हजार विद्यार्थीहरुमा रक्तदानबारे जानकारै गराउदै निबन्ध प्रतियोगिता गराए । प्रतियोगितामा उत्क्रिष्ठ हुनेलाई भु पु उपप्रधानमान्त्रिको हातबाट रु ५० हजार को पुरस्कार प्रदान गरे । त्यस्तै सन २०११ मा रु १२८ हजारमा काभ्रेपलान्चोक र सन २०१६ मा बाजुरामा रु ३०० हजारको खर्चमा जिल्लाब्यापी विद्यार्थीहरुमा रक्तदान उत्प्रेरणा गराए ।
नेपालको दुर्गम २६ जिल्लामा गर्भवती र सुत्केरी महिलालाई सरकारी स्वास्थ्य प्रयोगशाला मार्फत रेडक्रससँग सहकार्य गरी निशुल्क रगत उपलब्ध गराउने नेपाल सरकारको योजनामा थप बल पुर्याउने उद्देश्यले तत्कालिन उप-प्रधान एवम परराष्ट्र मन्त्री न्यूयोर्क आउनु भएका बेला सन २०१२ डिसेम्बरमा अर्जुनले एक लाख रुपैया सहयोग गरे ।
सन २०१७ मा अर्जुनले रु १४५ हजारको आफ्नै खर्चमा रक्तदाताहरुलाई हौषला प्रदान गर्न बनेपामा करीब ६०० जनाको जुलुस अगाडि रक्तदाताहरुलाई बाजागाजा सहित नगर परीक्रमा गराएर सभाहलमा लगि अभिनन्दन र कदरपत्रले सम्मान गराएका थिय । अर्जुनले सन २०१४ मा नेपालका रक्तदान अभियन्ताहरुलाइ हौषला प्रदान गर्न तीन रक्तदाताहरुलाई रु पचास पचास हजार र कदर पत्रले  उपराष्त्रपतीको हातबाट सम्मान गराएका थिय ।
रक्तदाताहरुलाई संगठित गर्न नेपालमा रहँदा अर्जुनले सन १९८९ नेपालमा ब्लड डोनर्स क्लबका संस्थापक सदस्य भएर काम गरे । अमेरिकि नेपाली समुदायमा रक्तदान हुन थालेपछी तिनिहरुलाई एकबद्धता गर्दै सन २००९मा अर्जुनले संस्थापक अध्यक्ष भएर ब्लड डोनर्स अफ अमेरिका स्थापना गरे । अमेरिकामा रक्तदानको राम्रो लहर आएपछी विश्वका अरु देशहरुमा रक्तदानलाई ब्यपकता बनाउन सन २०१४ मा अर्जुनले इन्टरनेशनल नेप्लिज ब्लड डोनर्सको संस्थापक अध्यक्ष भएर संस्था स्थापना गरे । अब बिकासित देशमा रक्तदाता घट्न नदिन र अल्पबिकसित देशमा रक्तदान बढाउन संसारका कुना काप्चाका क्षेत्र र समुदायमा पनि रक्तदान गरौ भन्ने सन्देश दिनको लागि सन २०१८ मा अर्जुनले वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली इन्क सस्था बनाएर काम गरी रहेका छन । यसरी अर्जुनले स्थानिय स्तर देखी राष्ट्रिय, राष्ट्रिय देखी अन्तराश्ट्रिय क्षेत्रसम्मका रक्तदाताहरुलाई एक्त्रित गर्दै लगे ।
संसारका हरेक देशहरुमा रक्तदान गर्न फरक फरक नियम छन । नेपालमा बर्षको ४ पटक र संयुक्त राज्य अमेरिकामा ६ पटकसम्म रक्तदान गर्न मिल्छ । अमेरिकामा प्लेट्लेटस बर्षमा २४ पटकसम्म दान गर्न मिल्छ । अर्जुनले सन २०१४ मा ६ पटक रक्तदान र १३ पटक प्लेट्लेट्स दान गरेका छन । त्यस बर्षका उनी संसारकै सर्बाधिक रक्तदाता हुन । उनी आफ्नो उदाहरण दिदै युवाहरुलाई कम्तिमा बर्षको १ पटकमात्र भएपनी रक्तदान गर्न आब्हान गर्छन् ।
रक्तदान गर्यो भने कमजोर भइन्छ भन्ने नेपाली युवाहरुमा भ्रम छ । उक्त भ्रम हटाउन अर्जुनले १६औं पटक रक्तदान गरेको १ घण्टा पछी १९९० डिसेम्बर ५ देखी १९९१ जनवरी ५ सम्म नेपाल अधिराज्यब्यापी बाइ-साइकल  यात्राा गरे । उनले साधारण बाइ-साइकल को ह्यान्डिलमा “कम्तिमा बर्षको १ पटक रक्तदान गरौ भन्ने नारा लिएर नेपाल अधिराज्यब्यापी साइकलयात्राा” बोर्ड राखेका थिय । रक्तदान नै गर्न अर्जुनले सन २०१४ मा हिक्सभिल, न्यूयोर्क देखी मिसिसौगा, क्यानडा सम्म ८०० किलोमिटर कार चलाएर गएका थिय ।
उनी आफ्नो सामाजिक सन्जाल फेसबुकका हरेक दिन “हजुर नमस्कार! जन्मदिनको शुभकामना छ! अर्को बर्षको जन्मदिन रक्तदान गरेर मनाउनु पर्छ है हजुर!” लेखेर जन्मदिन पर्नेहरुलाई शुभकामना दिन्छन ।
आफ्नो पाखुरामा सुइ घुसारी ५०० मिलिलिटर रगत निकाल्न भने त्यती सजिलो छैन । आफ्नो अमुल्य रगतले अरुको जीवन बचाउँछ भन्ने भावनाले मात्र यो सम्भब हुन्छ । दुईपटक अर्जुनको पाखुराबाट रगत निकाल्न नर्सले नसाभन्दा बहिर सुइ घुसारेको हुनाले सहनै नसक्ने गरी दुखेको थियो।
हवाइजहाजको उढान ४० हजार फिट माथिसम्मको हुन्छ । लामो उडान पछी अत्यधिक थकान, अन्य शारीरिक दुखाइ महसुस हुन्छ । यस्तो अवस्थामा हवाइयात्रुहरु अर्को दिन आराम गर्छन् । तर अर्जुनले आफु बसेको शहरबाट टाढाको ठाउँमा जाँदा २५ पटकसम्म हवाइ यात्राा गरे, त्यसपछी सिधै त्यहाको रक्तसन्चार सेवामा गई रक्तदान गरे, अनी अर्को हवाइजहाजबाट आफ्नो घर फर्के । यस्तो स्थितिमा उनलाई कती थकाई हुन्थ्यो होला? त्यो दुख कल्पनासम्म पनि गर्न सकिदैन ।
अर्जुनले सन २०१४ मा १९ पटक र २०१५ मा १७ पटक रक्तदान गरेका थिय । सन २०१५ को अन्त्यतिर अर्जुनलाई करीब दुईहप्तासम्म पानी प्यास लागि रह्यो, पेटमा अप्ठ्यारो भयो, हलुका टाउको दुखी रह्यो ।
‘सन्सारमा कसैले पनि सित्तैमा केही काम गर्दैन सायद अर्जुन मैनालीले पनि रक्तदान कार्यक्रम गरे बापत अमेरिकन रेडक्रसबाट पैसा पाउछ होला, त्यसैले मरी मेटेर रक्तदानमा लागि रहेको छ’ भनेर अमेरिकाका नेपाली समुदायमा टिप्पणी हुन्थ्यो । रगत नै नपाएर मृत्यु नजिक पुगिरहेका कङगो देशका बिरामीलाई रगत दान गर्छु, त्यहा गएर युवाहरुलाई रक्तदान गर्न उत्प्रेरणा गर्छु भन्दा भिषा नपाएर आफ्नै पैसाले किनेको हवाइजहाजको टिकट नोक्सान भएको अर्जुनको तितो अनुभब पनि छ । तर अर्जुनले निस्वार्थ भावनाले काम गरेका हुनाले यस्ता नकरात्मक कुराहरुमा हतोत्साहित भएनन ।
अर्जुनले नेपाली समुदायमा रक्तदान उत्प्रेरणा गर्न हदैसम्मको समर्पण गरे । सन २०१३ मा अर्जुन आएरल्यान्डका नेपालीहरुलाई रक्तदान  उत्प्रेरणा गर्न गए । आइरिश रक्तसन्चारका नर्सले अर्जुनको स्वास्थ्य जाँचका क्रममा नेपालमा जन्मिएकाले औलो रोगको परिक्षण गर्नु पर्छ, नेगेटिभ रिपोट आयो भने तीन महिना पछी बोलाउँला भनी नमुना रगतमात्र लिएछन । रक्तदान गर्न मिल्ने रिपोर्ट आएपछी अर्जुन सन २०१४ मा फेरी आएरल्यान्डका नेपालीबिच पुगी रक्तदान गरे ।
एक पटक प्लेट्लेटस दान गर्दा रगत निकाल्ने थैला र पाइपमा करीब ५४ लिलिलिटर रगत अड्किएर खेर जान्छ । यस् हिसाबले अर्जुनको करिब २,६४६ मिलिलिटर खेर गएको छ । उनले ५१६ जनासम्मलाई बच्चाउन रगत दान गर्दा ८६ लिटर मद्धे त्यती खेर जाँदा के भो त? भनेर आफ्नो चित्त बुझाए ।
अर्जुनका रक्तदानका कृयाकलापहरुमा उनको परिवारको मौन समर्थन छ ।  सन १९१६ जनवरी १ मा अर्जुनले रक्तदान गर्दै गर्दा उनकी श्रीमतीले ‘मेरो श्रीमानले १५० पटक रक्तदान गरे’ प्लेकार्ड लिएकी थिन, त्यस्तै छोरा र छोरीले ‘मेरो बुवाले १५० पटक रक्तदान गरे’ प्लेकार्ड लिएका थिय ।
धेरैजसो मानिषहरु आफ्नो शुख सयली जीवन कसरी अपनाउने भन्नेमा चिन्ता गर्छन् । जसरी भएपनी आफ्नै लागि कमाउन प्रयास गर्छन् । तर अर्जुनले आफ्नो लागि कहिले पनि सोचेनन । उनको थोरै आम्दानी थियो । उनले त्यस आम्दानीको धेरै परिमाण रक्तदान कार्यक्रम र गरीब तथा दुख पाएकाहरुको लागि खर्च गर्थे । आगलागी पीडित, बाढी पीडित, भुकम्प पीडित, गरीब सुत्केरी महिलालाई उपचारको सहयोग, बलात्कृत महिलालाई उपचारको लागि सहयोग, घर नभएर सौचालयमा बसेकी महिलालाई घर बनाउन सहयोग, खानेपानिको इनार बनाउन सहयोग, दुर्गम गाउका स्कुल बनाउन सहयोग, गरिबिले आत्महत्या गरेकाको परिवारलाइ सहयोग, दाम्लोले बाधेर राखेकी गर्ववती महिलालाई सहयोग, हात चुडिएकी अपाङ्ग गरीब तथा सुत्केरी महिलालाई सहयोग, बलात्कारीबाट हत्या हुन लागेकी गर्भवती महिलालाई सहयोग, रुखबाट लडेर घाइते भएकी श्रीमतीलाई उपचार गर्न नसकी बिष पिएर आत्महत्या गर्न खोजेका परिवारको लागि सहयोग र यस्ता अरु धेरै सहयोग गरेका छन ।
यसरी रक्तदानको क्षेत्रमा निस्वार्थ र अतुलनिय काम गरेको भन्दै अगष्ट ८, २०११मा बिशौँ हजार दशकहरुले भरीएको सिटिफिल्ड रङशाला न्यूयोर्कमा खेलको मध्यान्तरणमा अर्जुनलाई ‘ब्लड डोनर अफ द गेम’ले सम्मान गरिएको थियो । रुवान्डा, केन्न्या देशका सरकार, नेपालका राजा बिरेन्द्र, अमेरिकि प्रेसिडेन्टियल भोलिएन्टिएर सर्भिस अवार्ड लगाएत थुप्रै संघ संस्थाहरुबाट अर्जुन मैनाली सम्मानित भएका छन । वेयष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा गरेको छ । प्रषव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्निलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेर श्रीमानकै पाखुराबाट चार औंस रगत निकाली रक्तसन्चार गरेका थिय । संसारमा यो नै पहिलो सफल मानव रक्तसन्चार थियो । अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा  स्थानिय, राष्टिय र अन्तराष्ट्रियसम्म अतुलनिय योगदान पुर्याएका हुनाले ओयष्टर वे टाउनले विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार