शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीलाई पलाष्ट्रिक मुक्त शहर बनाउने

मार्तडीलाई पलाष्ट्रिक मुक्त शहर बनाउने

नगरप्रमुखले सम्झौता गरे नयाँ परियोजना

  • शुक्रबार, माघ १७, २०७६
मार्तडीलाई पलाष्ट्रिक मुक्त शहर बनाउने

बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडीलाई पलाष्ट्रिक मुक्त शहर बनाउने भएको छ । पुर्ण सरसफाई अन्तर्गत मार्तडीलाई पलाष्ट्रिक मुक्त शहरका रुपमा बनाउन लागेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले वताएका छन् । मार्तडी कसरी सफा सुन्दर बनाउ सकिन्छ भन्ने योजनामा नगरपालिका रहेको उनले वताए ।
बडिमालिका नगरपालिकालाई सफा नगरपालिका बनाउनका लागि नगरप्रमुखले नयाँ एक गैरसरकारी संस्था सँग सम्झौता पनि गरेको छ । टियरफन्ड नेपाल सँग नगरपालिका नगरप्रमुखले वातावरणीय तथा आर्थिक दिगोपन परियोजना सम्झौता गरेको वताए । परियोजनाले मार्तडीलाइ पलाष्ट्रिक मुक्त शहर सँगै र नगरपालिकामा दिगो फोहोरमैला ब्यबस्थापन गरी सफा नगरपालिका बनाउने उद्देश्य रहेको छ । सम्झौता भएको परियोजना ३ बर्ष सम्म सञ्चालन हुने भएको छ ।
परियोजनामा कार्यक्रम निर्देशक प्रणय पाण्डे क्षेत्री र नगरप्रमुख बढुवालले काठमाडौमा हस्ताक्षर गरेका छन् । परियोजना लगतै सञ्चालन हुने भएको छ । नगरप्रमुख पदम बढुवालले भने काठमाडौ आएको बेला संघिय सरकार र गैरसकारी संस्था सँग नगरपालिकामा बजेट योजना लिनका लागि समन्वय गरिरहेको वताए । प्रत्येक पटक कुनै कुनै काम भइरहका छन्, खालि बाजुरा फिर्ता हुनु नपरेको उनले वताए । यो पटक यो परियोजना सँगै अन्य काम पनि भएको बढुवालले वताए ।
बडिमालिका नगरपालिका पुर्ण सरसफाईको अभियानमा बिभिन्न गैरसरकारी संस्थाले सहयोग गरिरहेका छन् । युनिसेफ, युयान ह्याबिटेट, साहस नेपाल, आइएनएफ, पिसवीन लगायत गैरसरकारी संस्थाले समेत सहजिकरण गरिरहेका छन् । पछिल्लो समयमा सदरमुकाम मार्तडी भने ब्यबस्थित बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार