शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाले जग सुधार गर्दै

जगन्नाथ गाउँपालिकाले जग सुधार गर्दै

  • सोमवार, माघ १३, २०७६
जगन्नाथ गाउँपालिकाले जग सुधार गर्दै
कक्षा कोठामै पुगेर विद्यार्थीसँग छलफल गर्दै प्रमुख प्रशासकीय अधिकृत । तस्बिर लक्ष्मण जाेशी जगनाथ गाउँपालिका प्रधानमन्त्री राेजगार संयाेजक 

बाजुरा १३ माघ–  जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ। विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिका स्तरबाटै छड्ने अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको सुरुवात गरेको हो।

श्री सरस्वती मा.वि.ढाडाकोटमा पुरस्कृत हुने वालवालिकाहरु

१) तिलकराज गिरी

२) लोकेन्द्र गिरी

३) धिरेन्द्र बिष्ट

४) बिऋम गिरी

५) संगिता बिष्ट

Image may contain: 1 person

विद्यालय आएकाहरु पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जनगुनासो बढे पछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन्।

श्री भवानी आधारभुत विद्यालय पैंगाँउमा पुरस्कृत हुने वालवालिकाहरु

१) मनिशा रोकाया

२) विनिता रोकाया

३)कोपिला बिष्ट

४)प्रेम बिष्ट

५)काजल बोगटी

६)शुशिल रोकाया

७)नवराज बिष्ट

विद्यालय व्यवस्थापन समितिकै भरमा मात्र पर्दा गुणात्मक सुधारको संकेत देखिएन, गाउँपालिकाबाटै त्यसको निगरानी र सरोकार राख्ने थालिएको अधिकृत गैरेको भनाई छ। गैर स्वयम् आफै छड्ने अनुगमनका लागि विद्यालय पुग्ने, पाठ्यक्रम बारे विद्यार्थीलाई सोध्ने र शिक्षकसँग कक्षा कोठामै गएर छलफल गर्ने गरेका छन्।

लगानी जस्तो प्रतिफल शिक्षामा नदेखिनुले कमजोरीको खोजी गर्न नै नियमित छड्ने अनुगमनको अभ्यास थालिएको गाउँपालिकाले बताएको छ। हातमा पाठ्य पुस्तक, खेल सामाग्री, गरिवि विपन्नका लागि शैक्षिक सामाग्रीसहित जनप्रतिनिधि र कर्मचारी विद्यालय पुग्ने गरेका छन्।

Image may contain: 4 people, child, outdoor and nature

शिक्षण सिप, शिक्षण कला र विद्यार्थीको लगानशिलता र अभिभावकको निगरानी पहिलो विषय हो, यी कुरा सुधार्नका लागि नीतिगत रुपमा गाउँपालिकाले हाजिरी कार्ड र कक्षा कोठामै गएर प्रत्यक्ष अनुगमन गर्न सुरु गरिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन्।

Image may contain: one or more people and indoor

भौतिक संरचनाको अवस्था, शिक्षक, विद्यार्थीबीचको सहकार्य, अभिभावकको जिम्मेवारी सबैको जाँच अनुगमनका क्रममा गरिने र त्यसैका आधारमा विद्यालयलाई सहयोग गर्ने गाउँपालिकाले बताएको छ। कुनै पनि बालबालिका विद्यालयबाट बाहिर नहुन र गाउँपालिका स्तरको लगानी नभएर शैक्षिक गुणस्तर खस्कीयो भन्ने गुनासो नसुन्ने गरि लागि परेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए।

Image may contain: one or more people and indoor

विद्यालयमा हाजिरी कार्डसहित राख्ने व्यवस्था गरिएको छ। विद्यालयले विहान नियमित कार्ड बोकेर आउने र बेलुका विद्यालय विदापछि कार्ड आफैले लिएर आउने गरिएको छ। बीचमा भाग्नेलाई र नियमित नआउने विद्यार्थीलाई रातोको संकेतबाट आवश्यक कारबाही गर्ने गरिएको सरस्वती माविका प्रअ पवनकुमार रोकायाले बताएका छन्।

श्री कैलाश मा.वि.महतीमा पुरस्कृत हुने वालवालिकाहरु

१) सुविता शाही

२) निरुता शाही

३) धिरेन्द्र शाही

४) मोतीराज शाही

५) बर्ग धराला

६)अनुज शाही

गाउँपालिकामा सुरुवात स्वरुप सरस्वती माविबाटै हाजिरी कार्डको अभ्यास गरिएको छ। हाफटाइम पछि भागेर जाने, कक्षा सञ्चालनको बीचमा पनि विद्यालय भित्र आउने, नियमित नआउने जस्ता समस्या बढेलगत्तै हाजिरी कार्ड सुरु गरिएको हो, प्रअ रोकायाले भने।

श्री मालिका आधारभुत विद्यालय नाराकोटमा पुरस्कृत हुने वालवालिकाहरु

१) विवश बुढा

२) चरित्र भण्डारी

३) रसिन्द्र भण्डारी

४) स्वस्तिका भण्डारी

५) रबिन्द्र भण्डारी

गाउँपालिकाले सबै विद्यालयमा राख्ने र विद्यार्थीलाई पनि नियमित आए नआएको आधारमा गाउँपालिकाले दिने सुविधामा थपघट गर्ने तयारी गरेको उपाध्यक्ष ऐना गिरीले बताएकी छन्।

Image may contain: one or more people, mountain, sky, outdoor and nature

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नै कक्षा कोठामा पुगेर सोधपुछ गर्न थाले पछि अभिभावक पनि सक्रिय देखिएका छन्। भने शिक्षक पनि चनाखो बनेर पाठ योजनासहित कक्षामा उपस्थिति हुने गरेका छन्। गाउँपालिकाले सतप्रतिशत भर्ना र गुणात्मक शैक्षिक उपलब्धी नारा नै लिएर अघि बढेको छ।

श्री सम्भुनाथ आधारभुत विद्यालय तल्लो काप्रीमा पुरस्कृत हुने वालवालिकाहरु

१) विनिता दमाइ

२) सन्देश दमाइ

३) दिपेन्द्र सार्की

४) करिश्मा दमाइ

५) खेमराज बिष्ट

अनुगमनका ऋममा ७ वटा विद्यालयका ४२ जना वालवालिकाहरुलाइ कापी,डट्पेन, पेन्सिल ,इरेजर र कटर वितरण गरियो । ७ वटा विद्यालयमा श्री मालिका आधारभुत विद्यालय र श्री शिम्भुनाथ आधारभुत विद्यालयको अवस्था नाजुक रहेपनि अन्य विद्यालयको अवस्था सुधारउन्मुख रहेको पाइयो । वालवालिकाको सिकाइको अवस्था छात्र भन्दा छात्राको कमजोर देखियो । पढाइका अतिरिक्त केहि विद्यालयले नयाँ कामको शुरुवात गरेको पाँइयो । श्री सरस्वती मा.वि.ढाडाकोट पुग्दा विद्यालयको शैक्षिक,भौतिक अवस्थाको अवलोकन पश्चात हामीले विद्यार्थीको उपस्थिति दर कस्तो छ,भनेर जान्नका लागि विद्यालयका प्रधानाध्यापक पवन कुमार रोकाया संग हाँजिरी माग्दा उहाँले प्रत्येक कक्षाका विद्याथीका कार्डले भरिएको १० वटा प्लाष्टिकको बट्टा थमाउनु भयो । हामी अल्लमल्लमा परेपछि उहाँले विद्यालयले लागु गरेको हाँजिरी कार्ड सिष्टमका बारेमा बताउनु भयो ।

श्री खिरारुख आधारभुत विद्यालय माथिल्लो काप्रीमा पुरस्कृत हुने वालवालिकाहरु

१) भुमिका रावल

२) पदम रावल

३) विकास सार्की

४) जनक सार्की

५) सरिता सार्की

विद्यार्थीले बेलुका घर जाँदा आफ्नो कार्ड बोकेर जाने र पछिल्लो दिन कार्ड लिएर आउने र विहानको लाइनमा कक्षा शिक्षकलाई बुझाउदा रहेछन। जसको कार्ड प्राप्त भएन त्यो विद्यार्थी विद्यालयमा नआएको रेकर्ड राख्ने र बेलुका ४.०० बजे जुन विद्यार्थीले कार्ड लगेन उसले दिउसो कक्षा छोडेर भागेको भनेर रेकर्ड राखिदो रहेछ । र सोही आधारमा पछिल्लो दिन विद्यार्थीलाई सकारात्मक कार्रबाही गरिने कुरा प्र.अ रोकायाले बताउनु भयो ।

श्री देवलकोट मा.वि.गोत्रीमा पुरस्कृत हुने वालवालिकाहरु

१) दान बहादुर बिष्ट

२) दिनेश शाही

३) कमल दमाइ

४) नकेन्द्र शाही

५) नेशनल शाही

६) मदन सार्की

७) निराजन सार्की

कार्ड सिष्टम लागु गरे पश्चात विद्यालयमा बिद्यार्थीहरु कक्षा छोडेर जाने(भाग्ने) क्रममा कमी आएको देखियो । त्यस्तै वडा नं ३ मा कैलास मा.वि.महतीले कक्षा ४ देखि १० सम्मका रोल नं अनुसार विद्यार्थीले प्रत्येक दिन प्राथना पश्चात लाइनमा एक जनाले २ वटा सामान्य ज्ञानका पश्न सोध्ने र जानेकोले उत्तर दिने परिपाटीको व्यवस्था गरेको पाइयो । हामी माघ १० गते विद्यालयमा पुग्दा ३२ रोल नं भएका कक्षा ४ देखि १० सम्मका ७ जना भाइबहिनी अगाडी आएर पश्न सोधिरहेका थिए । त्यसै गरि श्री खिरारुख आधारभुत विद्यालयका वालवालिकाले घरमा प्रयोगमा नआएका बोरा बाट झोला र चकटी बनाएर प्रयोग गरेको पाइयो । हामी जति विद्यालयमा पुग्यो त्यहा फरक विद्यालय फरक सिकाई पाँयौं । अरु विद्यालयले पनि यस्तै तरिका लागु गर्ने हो कि ? हेर्दै,घुम्दै जाँदा हामीलाई पनि फरक अनुभुति र सिकाइ प्राप्त भयो ।

चर्चामा

सम्बन्धित समाचार