कविता- म नेपाली

  • सोमवार, माघ १३, २०७६
कविता- म नेपाली

मलाई म हुन मन छ
म नेपाली हुँ
मसङ्ग नेपाल छ
म नेपालसङ्ग छु
नेपाल छ र म छु
म छु र नेपाल छ
म नेपालको सन्तान
मलाई गर्व छ
म मरेपनि नेपाली
नेपालका लागि मर्छु
म बाँचेपनि नेपाली
म नेपाली भइ बाँच्छु
मलाई नेपाल मनपर्छ
मलाई नेपाली मनपर्छ
म नेपाली बिउँझेको
थाहा पाउन चाहान्छु
म नेपाल उठेको देख्न चाहान्छु
म दिक्क हुन्छु छलछाम डुक्रीँदा
म पीडित हुन्छु अङ्ग चोइटिदा
म सग्लो उभिन चाहान्छु
मलाई सन्तानले भुइँ टेकेको
अनुभुति गर्ने मन छ
म चर्को भाषणसङ्ग सस्तो आश्वासन
जेलिएको अनुहार बोकेर रमाउन सक्दिन
मलाई म हुन मन छ
मलाई नेपाली हुन मन छ
मेरो मृत शरीर नेपाल माग्छ
मेरा खुट्टा नेपाल टेक्न चाहान्छन्
मेरा आँखा नेपाल खोज्छन्
मेरो गिदी नेपालमै पोखिन चाहान्छ
मलाई म हुन मन छ
मलाई शाहीदको साख उचाल्न मन छ
म पुर्खाको गाथा पढिरहन चाहान्छु
मलाई म हुन मन छ ।
©-छायादत्त न्यौपाने “बगर”
काठमाडौं, नेपाल

चर्चामा

सम्बन्धित समाचार