शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जनताको सेवा सँगै छाउपडि कुप्रथाका बारेमा चेतना फैलाउदै कर्मचारी

जनताको सेवा सँगै छाउपडि कुप्रथाका बारेमा चेतना फैलाउदै कर्मचारी

  • आइतवार, माघ १२, २०७६
जनताको सेवा सँगै छाउपडि कुप्रथाका बारेमा चेतना फैलाउदै कर्मचारी

बडिमालिका नगरपालिका ७ बस्ने ७० बर्षिय किटु धामि उपचार गर्नका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्तडीमा पुगे । उनलाई पहिला स्वास्थ्यकर्मीले उपचार गरे, त्यो सँगै छाउपडि प्रथा सम्बन्धि जानकारी समेत गराए । १० मिनेट सम्म उहाँलाई छाउपडि कुप्रथा बारे जानकारी पछि कुप्रथा अन्त्यका लागि प्रतिबद्धता लेखिएको ब्यानरमा हस्ताक्षर गरे ।
गौमुल गाँउपालिका २ बस्ने ६० बर्षिय कुन्ता रोकाया एक दिन लगाएर आयुर्वेद केन्द्रमा उपचार गर्न आईन् । उपचार मात्र गरेन्, छाउगोठमा बस्नु हुदैन भनेर कर्मचारीले जानकारी गराएको कुन्ताले वताईन् । उनि मात्र हैन जिल्ला आयुर्वेद केन्द्रमा उपचार आउने बिरामीलाई उपचार मात्र नभई छाउपडि कुप्रथाका बारेमा जानकारी गराउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख दिक्षा भण्डारीले वताईन् । छाउगोठ छ या छैन भनेर सोध्ने गरेका छौ, अर्को छाँउकुप्रथाका बारेमा जानकारी गराउने उनले बताईन् । त्यो सँगै उनिहरुलाई अब हामी छाउपडि प्रथा मान्ने छैनौ भनेर प्रतिबद्धता गर्न लगाउने गरेको उनले वताईन् । दैनिक २० जना भन्दा बढि बिरामी उपचार गर्न आउने गर्छन्, एकजना कर्मचारीले कु प्रथाका बारेमा चेतना फैलाउने गरेको भण्डारीले वताईन् ।
बाजुरामा छाउगोठ भत्काउने अभियान सँगै जिल्लाका सरकारी कार्यलयमा छाउपडि प्रथाका बारेमा चेतना फैलाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले वताए । प्रशासनमा पनि सेवा लिन सेवाग्राहीलाई छाउगोठ भए नभएको सोध्ने गरेका छौ, त्यो सँगै छाउप्रडि कुप्रथाका बारेमा जानकारी दिने गरेको उनले वताए । जिल्ला स्थित सबै कार्यलयमा जनताको सेवा सँगै छाउपडि प्रथाका बारेमा जानकारी गराउन निर्देशन गर्ने गरेको प्रजिअले वताएका छन् । गोठ भत्काएर मात्र नहुने भएकाले चेतना फैलाउने काम समेत भइरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
स्थानिय तहमा छाउगोठ भए कुनै पनि सेवा नदिने निर्णय समेत गरेका छन् । घर घरमा पुगेर छाउगोठको तथ्याङ्क लिएका छौ, धेरैले भत्काइसके, बाकि रहेकाले नभत्काए सरकारी सेवा बाट नै बञ्चित गर्ने निर्णय गरेको बुढिगंगा नगरपालिकाका उपप्रमुख तारा खातीले वताएकि छन् । अहिले छाउकुप्रथाका बारेमा घर घरमा पुगेर चेतना दिने काम भइरहेको उनले वताईन् । जिल्ला प्रहरी कार्यलय बाजुराले भने घर घरमा पुगेर छाउगोठ भत्काउने गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरि प्रमुख टंक प्रसाद भट्टराईले भने छाउगोठ भत्काउने मात्र काम नभइ चेतना समेत दिने गरेका छौ, केही ठाँउमा गोठ भत्काउन आनाकानी गरेका थिए, बल प्रयोग गरेर भएपनि गोठ भत्काइरहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार