शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • गैसस महासंघ बाजुराको ९ औं बार्षिक साधारणसभा सम्पन्न

गैसस महासंघ बाजुराको ९ औं बार्षिक साधारणसभा सम्पन्न

  • शनिबार, माघ ११, २०७६
गैसस महासंघ बाजुराको ९ औं बार्षिक साधारणसभा सम्पन्न

बाजुरा ११ माघ– गैर सरकारी संस्था महासघं बाजुरा शाखाको ९ औँ बार्षिक साधारण सभा मार्तडीमा सम्पन्न भएको छ । गैर सकारी संथाहरुको छाता संगठन गैसस महासघं बाजुराले बिभिन्न निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको हो । गैसस महासघ. बाजुराका अध्यक्ष अग्नीराज शाहीको अध्यक्षतामा संचालन गरिएको साधारण सभामा गैसस महासघंका केन्द्रीय सदस्य काशी बिक प्रमुख अतिथि रहेका थिए ।
गैसस बाजुरा सदस्य तुलाराम जैशीले संचालन गरेको कार्यक्रमको स्वागत गैसस बाजुराका सदस्य तथा गिफ्ट बाजुराका प्रबन्धक कृष्ण अधिकारीले गरेका थिए । सदरमुकाम मार्तडीमा अयोजित कार्यक्रममा गैसस महासघका केन्द्रीय सदस्य काशी बिकलाई केन्द्रीय सदस्य जस्तो गरिमामय पद पाएको भन्दै सम्मान समेत गरेको गैसस महासघ बाजुरा शाखाले बताएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य काशी बिकले देशमा प्रजातन्त्र आएर गणतन्त्र, संघीयता आइसक्दा पनि गैससलाई अझै प्रजातन्त्र नआएको बताए ।उनले कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय संस्थाहरुको दादागिरी र स्थानीय तहरुको अत्याचार मौलादै गएको बताएका छन् । पछिल्लो समय स्थानीय तहमा आउने अन्तराष्ट्रिय संस्थाहरु गुपचुप र राजनैतिक धारमा अड्केको बताए ।
सरकारले लिने अन्तर्रा्ष्ट्रिय सहायतालाई पारदर्शी बनाउनुपर्नेमा जोड दिदै गैरसरकारी संघसंस्थालाई डलर खेती गर्ने भनेर आरोप नलगाउन कार्यक्रममा बताएका छन् । बिकले दुर्गम क्षेत्रमा पुगेर गैरसरकारी संघसंस्थाहरुले काम गर्दै आइरहेको हुँदा यसका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार