बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • विशुद्ध मौलिकताका साथ उदाएको ‘ साइनो ‘

विशुद्ध मौलिकताका साथ उदाएको ‘ साइनो ‘

  • बुधबार, माघ ८, २०७६
विशुद्ध मौलिकताका साथ उदाएको ‘ साइनो ‘

नेपाली साहित्यको कविता विधामा ७,८ र ९ वर्णक्रममा सृजना हुने तीन पङ्क्ति वा चौबीसवर्णहरूमा सजिएर विशुद्ध मौलिकताकासाथ उदाएको ‘ साइनो ‘ बारे भावधारा :

साइनो वर्ण चौबीसे कवितामा विशिष्टता
सात,अाठ र नौमा यो प्राप्तगर्छ समग्रता ।१।

तीन हुन् पङ्ति यस्का त पूर्णता पनि तीनमै
व्यञ्जना पोख्न सक्छ यो, लालित्य पनि तीनमै ।२।

समाजका कुरीतिमा व्यङ्ग्य-वाण पठाउँछ
अथवा राज्यलाई नै मार्ग निर्देश गर्दछ ।३।

प्रकृतिसाथ रम्छ यो भावको महीमा छरी
मायामा पनि लम्कन्छ भावभङ्गी सही भरी ।४।

भावका झरना जस्तै बग्ने ती मनका कुरा
झन्कारसाथ पोख्दछ कविका मनका सिरा।५।

विशिष्ट भाव बोक्दाछन् पङ्ति-पङ्ति सबै मिली
चरमोत्कर्ष दर्सिन्छ एकतामा सबै खुली ।६।

विश्वको राजनीतिमा भाव पोख्छ यदाकदा
यसरी होसकासाथ चङ्खो भै बस्छ सर्वदा ।७।

कान्छो हो यो विधा हाम्रो मौलिक र विशुद्ध छ
देशको चिन्तना बोकी सदा यो लहराउँछ ।८।

लय वा अनुप्रासमा हेरौँ कत्ति रमाउँछन्
तल छन् नमुना केही हेरौँ के यिनी बोल्दछन् ।९।

उदाहरणहरू :

* देश जलि रहेछ * बा नजानु न कतै
दु:खका लप्काहरूमा अनिकाल पो पस्छ कि
म बेफुर्सद ढलेको छु ! अामाको चीत्कार सुनिन्न!

* झरेका झर्‍यै नदी * खुल्यो अाकास नीलो
खेर गयो उर्जा सबै सोभित पृथ्वी अपार
ऋणमा डुबेको छ देश ! बैँसालु मन त बहार !

* काठमाडौं शहर * सत्ता मेरो रहर
हिलो धुलोको डहर भ्रष्ट शहर-डहर
भो बाँच्न त यहाँ कहर ! कुरूप भो देश मुहार !

* पृथ्वी-सूर्य सम्बन्ध * देख्छु पुष्पित कोही
प्राणीजगतको खेल कोही पीडित मुर्छित
जीवन-जगतको मेल ! हुन्छ कि जग यो बेहाल !

* अटल नै रहन्छ ! * सुनै-सुन फल्नुछ
हिमाली राष्ट्र गौरव !! प्रेरणापुञ्ज बन्नुछ
उठे गौरवले पाखुरा !!! तब मौरी-मन रम्दछ !

* कर्तव्य-पथ च्यूत * श्रृङ्गारिक साइनो
सबै किन नीति-च्यूत जिन्दगी छ रसैरस
दिन्छ के भन धन अकुत ! त्यसैमा छ सृष्टि नै वश !

* उल्का उल्का गर्छ यो * मित्र बन्दै अायौ नि !
‘सर्वशक्ति हूँ’ भन्छ यो मायाको जालो फाल्यौ नि !!
विश्व-राजा फेसबुक यो ! लुछी-चुँडी अङ्गै लग्यौ नि !!!

* कालापानी लुट्यौ नि ! * दुई ठुला ढुङ्गा छन्
लिपु-लिम्पिया लुछ्यौ नि !! सानो तरुल माझमा
भयौ किन त्यस्तो बैगुनी !!! कूटनीति जागोस् साथमा !

* के भो, के भो भन न ! * कालापानी बिर्स्यौ कि !
बस्यौ सीमा सुल्झाउन ? मनको बत्ती निभ्यो कि !!
कि त जनता जिल्ल्याउन ! नचाहिँदो ढिलो गर्‍यौ कि !!!

* बन्यौ कस्तुरी-मृग ! * हुन्छ, हुन्छ , हुन्छ रे !
नहेरी अाफ्नै पोल्टामा !! महिलालाई देऊ रे !!
दिन्नौ सम्मान नारीलाई ? सभामुख देऊ, देऊ रे !!!

* बिहान त्यो सुनको * सञ्चो छैन देशमा !
साँझ त्यही छ चाँदीको जाँगर छैन कसैमा !!
हिमाल छ सुन-चाँदीको ! गणतन्त्रे ऋण गर्भैमा !!!

– खेमलाल पोखरेल
दमक ५ , झापा

चर्चामा

सम्बन्धित समाचार