शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक

प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक

  • मङ्लबार, माघ ७, २०७६
प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक

 

स्कटल्याण्ड। चर्चित गायक प्रमोद खरेलको सुमुधुर गीत “राम्री हुनुमा पनि”को म्युजिक भिडियो सार्बजनिक भएको छ। “राम्री हुनुमा पनि” बोलको गीतको शब्द /संगीत अर्का लोकप्रिय कलाकार बिष्णु खत्रीको रहेको छ। बिदेशमा बसेर पनि नेपाली गीत संगीत को विकासको लागि परेका हाल स्कटल्याण्ड बस्ने कलाकार सागर खत्रीले उक्त म्युजिक भिडियो निर्माण गर्नु भएको हो। प्रेमिकाको सुन्दरताको बयान गरिएको उक्त गीत मा “”राम्री हुनुमा पनि एउटा हद हुन्छ , तिम्रो सुन्दरताको बयान नगर्ने यो धर्तिमा कुन छ ” भन्ने भाव ब्यक्त गरिएको छ। उक्त म्युजिक भिडियोमा सागर खत्री र रोशना कार्कीको अभिनय रहेको छ भने सिनेमाटोग्राफी फ़ोस्टास टालाकाको रहेको छ। रो प्रोडक्सन युकेको सहकार्यमा निर्माण भएको उक्त म्युजिक भिडियोको निर्देशन दिपेश रेग्मीको रहेको छ।
कलाकार सागर खत्रीको युट्युब च्यानल बाट रिलिज गरिएको म्युजिक भिडियो 

चर्चामा

सम्बन्धित समाचार