बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चन्द्र कुँवरकाे फेशबुकबाट दमदार देउडा गीत

चन्द्र कुँवरकाे फेशबुकबाट दमदार देउडा गीत

  • आइतवार, माघ ५, २०७६
चन्द्र कुँवरकाे  फेशबुकबाट दमदार  देउडा गीत

मेघ आयो हिउँ पनी पड्यो , चिसो भयो गाउँमा ।
पठाया मायाको पोको , सुवा तिम्रा नाउँमा ॥

क्याकसो छ गाउँघरमा , कोयली गाऊँन्छकी ।
लागीगै माघको मैना , सम्झना आउँन्छकी ॥

सम्बार गर्नु परानिको , सम्भाल्नु घरबार ।
आजभोलि निस्याईलो होला , त्यो हाम्रो दरबार ॥

जिबन धान्न बाध्यताले , दूरै गया पन ।
सम्झना सुवाकै आउँछ , टाढा भया पन ॥

कालोकोट आँखामा चश्मा , क्या राम्रो सूहायो ।
सुवा तम्रा सम्झनाले , हृदय रुवायो ॥

धक्धक त्यो हृदय भया , सम्झ्याको राईहेल्नु ।
याँ मलाई सौराडी काट्न्या , बाडुली लाईहेल्नु ॥

चन्द्र कुँवर “चन्द्रमा”
साँफेबगर न.पा. ९ (बुढाकोट),अछाम ।
बसाई – धनगढी , कैलाली ।

चर्चामा

सम्बन्धित समाचार