शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नविनतम साहित्य विधा साइनो सम्बन्धी अलिकति कुरा

नविनतम साहित्य विधा साइनो सम्बन्धी अलिकति कुरा

  • शुक्रबार, पुस २५, २०७६
नविनतम साहित्य विधा साइनो सम्बन्धी अलिकति कुरा

 १. साइनोको परिचय साइनो शुद्ध नेपाली शब्द हो । यो नाता सम्बन्धको पर्यायवाची शब्द साइनु नै साइनो हो । साइनोले एकार्काको नाता सम्बन्ध र मित्रतालाई इङ्गित गर्छ । आफन्तसङ्गको सम्बन्ध, मित्रता सङ्गको सम्बन्ध घरपरिवार बिचको सम्बन्ध, घरपरिवार र समाजको सम्बन्ध, समाज-राष्ट्रको सम्बन्ध, एक राष्ट्रको अर्को राष्ट्रसङ्गको सम्बन्ध, आकाश र धर्तीको सम्बन्ध, ग्रह र उप-ग्रहको सम्बन्ध समग्रमा ब्रह्माण्डसङ्गको सम्बन्धले नै संसार जगडिएको छ र साइनोमा अल्झिएको छ । साइनो आफैमा स्वतन्त्र र लोकप्रिय शब्द हो जसले एकआर्काप्रतिको नाता सम्बन्ध र मित्रतालाई जनाउँछ । सामान्यतया साइनोले एकब्यक्ति र ब्यक्तिबिचको नातासम्बन्ध जे छ त्यही नै साइनो भनेर बुझाउँछ । जस्तै: आमा बाबुसङ्ग छोराछोरीको साइनो, साथीहरु बिच मित्रताको साइनो, आमाको दाइभाइसङ्ग पर्ने मामा भान्जको साइनो आदि जस्ता सम्बन्धलाई नै नाता सम्बन्ध र साइनो भनिन्छ । तर यहाँ भने साहित्य विधाको नयाँ संरचना साइनोको चर्चा गर्न गैरहेको छु । विश्वसाहित्य जगतमा जन्मिएका कथा, कविता, निबन्ध, नाटक, उपन्यास जस्ता चर्चित धेरै साहित्य विधाका थुप्रै उपविधाहरु भएपनि नेपालमा मात्रै भर्खरै उत्पादित गद्य कविताको अर्को विधा भनौ या उपविधा हो साइनो । साइनो मुलत सात, आठ र नौ (७-८-९) अक्षरीय तीन हरफमा लेखिने गद्य कविता हो । यसमा तिनवटै हरफले स्वतन्त्र र अलग-अलग अर्थ दिन्छन् र समग्र तीन हरफको एक सुन्दर र सुगठित पुस्प गुच्छाजस्तै अनुच्छेद (गुच्छा) बन्छ जसको अर्थ बृहतलाग्छ । जस्तो: गुलाफको फूल, कमलको फूल र सयपत्री फूलका एक-एक थुङ्गा फूललाई एकै गुच्छामा राख्यौं भने कति सुन्दर देखिन्छ र समग्रमा फूलको सौन्दर्यता र छुट्टै परिभाषा पाउन सकिन्छ । त्यस्तै साइनोका तीन हरफबाट पाइने भाव एउटैमाला गाँसिए भने यसको भाव र अर्थ निकै गहन र चोटिलो बन्दछ । कुनै एक गरिब मान्छेलाई तँ साह्रै गरिब छस् गरेर खाने होइनस् भन्नुमा र तपाई गरिबै भएपनि तपाइका यी पौरख चलाउनुभयो भने बिहानबेलुका हातमुख जोड्न सजिलो हुन्छ भन्दा कति फरक पर्छ । हो त्यस्तै साइनोले कुनैपनि समाजमा भएका सामाजिक संस्कार, आर्थिक, राजनितिक, ब्यापारीक, वातावरणमा भए गरेका घटना समग्रमा सकारात्मक र नकारात्मक दुवैपक्षलाई सिधै भन्दापनि साहित्यिक रुपमा गहन र ओजस्वी भावमा ब्यंग्यात्मकताबाट केही कुरा पस्किनु र मानबको मन मस्तिष्कलाई तरङ्गित गरि मन्मुटुलाई हलचलमा ल्याउनु र यसको भनाइ ठिक हो भनेर महसुस गराउनु साइनोको मुख्य ध्यय हो ।

२.साइनोको उत्पति २०७६/०४/१६ गते (०१ अगस्ट २०१९)मा मान्छे छैन इमानी न शहरमा छ धन न त झुपडीमा पिसानी । भन्ने पहिलो साइनो सामाजिक सञ्जाल फेसबुक मार्फत बाल साहित्यका धरोहर प्रध्यापक छायादत्त न्यौपाने “बगर” ले प्रकाशन गरेपछि साइनोको उत्पत्ति भएको देखिन्छ । साहित्यको नयाँ विधा साइनो उत्पत्तिको श्रेयपनी वहाँलाई नै जान्छ । त्यसपछि साइनोले थुप्रैको ध्यान आफुतिर केन्द्रित गराएको छ । साइनो नेपाली साहित्य जगतकै माटोमा र नेपाली मौलिकतामा उत्पती भएको हुनाले यसलाई साइनो नामदिएको हो । साइनोबारे आ-आफ्ना बिचार बिमर्श, तर्कबितर्क गर्दै, एकआपसमा छलफल गर्दै साइनो लेखनलाई निरन्तर अघि बढाइएको छ । थोरै समयमा साइनोले नेपाली साहित्य क्षेत्रमा जरा गाडीसकेको छ । विदेशमा रही नेपाली साहित्यलाई मायागर्ने साहित्यकार, सर्जकहरुलेपनि साइनोलाई लेख्दै आउनु भएको छ । नेपालमापनि पुर्व मेचीदेखि पश्चिम महाकालीबाट साहित्यकारहरुले साइनोलाई चासो दिदै र लेख्दै क्रमशः साइनोमा साङ्ग्लिने क्रम बढ्दो गतिमा छ । गर्भावस्थाको साइनोले यति छिटो गति लिनु भनेको नेपाली साहित्य माटोलाई थप उर्जाशील बनाउनु हो । यही गतिमा साइनो साहित्य झाँगिदै गयो भने विश्वसाहित्यमाझा आफ्नो पहिचान सङ्गसङ्गै नेपाली साहित्यलाईपनि चिनाउन सफल हुनेछ । मलाई लाग्छ हिरा खोज्ने कुरा सोचेरमात्र हुदैन हिरा टिप्न त समुद्रको गहिरामा गएर समुद्रको सतह खोतल्नुपर्छ अनि पो बहुमुल्य त्यो हिरा भेटाउन सकिन्छ त्यो पनि कमै मात्रामा । साइनोपनि नेपाली साहित्य जगतको बहुमुल्य हिरा नै हो जसलाई नेपाली मुलमै जन्माउन पाइएको छ, उम्रार्न मिलेको छ । जसले नेपालको मौलिकता झल्काउछ र निकट भविस्यमा साइनो साहित्य मार्फत नेपाललाई विश्वसामु चिनाउने छ अबसर पाउने छ । यो साइनो साहित्यको यात्राले विश्व भ्रमण गर्ने छ । टेलिभिजन र विभिन्न राष्ट्रिय अनलाइन मिडिया तथा पत्र पत्रिकामा समेत धेरै साइनोकारका साइनोबारे जानकारी सहित साइनोहरु प्रकाशित र प्रकाशन भइसकेका छन्, भने विभिन्न साहित्यिक कार्यक्रममापनि साइनो वाचन भइसकेका छन् । यसका साथै साइनोकारहरुले आ-आफ्नो फेसबुक मार्फतपनि साइनो प्रकाशन गर्दै आइरहनुभएको छ । साइनोलाई अझै ब्यबस्थित, सुगठित र बुलन्दगरी लैजाने दृढ-संकल्पकासाथ साइनोकारहरुको बृहत छपफल पश्चात सामाजिक सञ्जाल फेसबुक (अनुहार किताब)मा साइनो मन्च निर्माण गरि साइनोबारे जानकारीका साथै साइनोकारहरुका साइनो प्रकाशन गर्दै आइरहेको छ ।

३. साइनो कसरी लेख्ने ? सात, आठ र नौ अक्षरमा लिखिने साइनो चौबीस अक्षरीय सुन्दर र सानो साहित्य माला हो । साइनोका यी चौबिस अक्षरले वर्णनात्मक, भावात्मक, ब्यंग्यात्मक जस्ता फरक-फरक तरिकाले सर्जक र पाठकलाई नयाँ रस्वादन प्रदान गर्दछ । यो कुनै यात्रामा हुँदा हिड्दा हिड्दै, फुर्सदको समयमा, बसेको समयमा, कसैसँग कुरा गरिरहेको समयमा यात जुनसुकै समयामा यसलाई लेख्न सकिन्छ । साइनो लेखनकालागि लामो समय पनि खर्चिरहनु पर्दैन । साइनो लेख्दा जति साहित्यिक सब्दलाई खेलाउन र केलाउन सक्यो त्यति नै सशक्त, सुगठित, कर्णप्रीय, मार्मिक र गहन भावको हुनुकासाथै बास्तबिक साइनो बन्दछ । साइनो लेख्दा कुनै ब्यक्तिलाई चोट पुर्याउने र समाजलाई नपच्ने अपशब्दको प्रयोग गरि लेखियो भने त्यसलाई साइनो भन्न र मान्न सकिँदैन । साइनो जुनसुकै कोणबाट लेखियाता पनि सन्देश मुलक र सान्दर्भिक हुन आबस्यक छ । साइनोको अन्त्यमा शब्दको भाव अनुसार प्रश्नवाचक(?), पुर्णविराम(।पुर्णविराम(।) र विस्मयादिबोधक(!) चिन्ह राख्नसकिन्छ । साइनोको सुत्र भनेकै सात, आठ र नौ अक्षरको तीन पंक्तिमा लेख्निने र तिनै पंक्तिको एक गुच्छा बनाउनु हो । साइनोमा आधा अक्षर, शिरबिन्दु, चन्द्रबिन्दु, ऋकार र हलन्तभएका शब्दपनि राख्नसकिन्छ तर यीनको गणनाभने हुदैन । जस्तो: भयौं भन्थे एकीकृत्-७ अक्षर सिद्धान्त माक्र्सवादको-८ अक्षर ब्यहाल छ गणतन्त्रको ।-९ अक्षर यो साइनोमा चन्द्रबिन्दु, आधा अक्षर, ऋ लागेको र हलन्त अक्षरसबै छन् तर तिनलाई गणना गरिएको छैन । हेरौं केही साइनोहरु: १. कति बेच्छौ सिमाना ? मुकुण्डो खोल भ्रष्टको रोज लौ समृद्धिको बाटो । २. छिमेकी त चिन्दैन धनको यो बुर्कुसीले कहाँ छ खै त्यो मानवता ? ३. हिमालमा चाँदनी ! पहाडमा हिरा मणि !! तराईमा फल्छ नि सुन !!! ४. रुवाएर किसान बन्यौ है उद्योगपति हतियार बन्नेछ आँशु । ५. बनायो मन्त्रमुग्ध ! यतै गिद्धको नजर !! हिराको टुक्रा मेरो देश !!! ६. अस्थिपञ्जर मान्छे केही दिनको पाहुना विलीन हुनेहो माटोमा । ७. ज्वती शिक्षाको छरी ! गर्नु छ रुपान्तरण !! दुर-दराजको बस्ती त्यो !!! ८. पहिचान छ बेग्लै रातो र चन्द्रशुर्यमा फहरायो नेपाली झण्डा । १०. कलिलो छ विरुवा ! ओकल्छ बीस त्यो फूल !! सुन्दर भएर के गर्नु ? ११. हेमन्त तान्छ वर्षा ! उसैको कब्जामा मुटु !! शरीरकै निम्तोमा राडी !!! १२. भत्काउनु छ बाँध आडम्बरी धनको त्यो फूल फुल्ने छ समताको । १३. पहाड भयो तिल ! जीउन भयो मुस्किल !! भएँ बाटो मुनिको फूल !!! १४. चेस बोर्ड एउटै ! बेग्लै हात्तीको लम्काइ !! अनेक छ गोटीको चाल !!! १५. रातै मेरो रगत ! तल्लो जातको रे म त !! पानी चल्दैन, चल्छ श्रम !!! –सुरेन्द्र शाही “गुलाब कान्छो” [email protected] महाराजगन्ज, काठमाडौं

चर्चामा

सम्बन्धित समाचार