शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • नर्सिङ्ग आधारभुत बिद्यालयमा पुस्तकालय स्थापना

नर्सिङ्ग आधारभुत बिद्यालयमा पुस्तकालय स्थापना

  • बिहिबार, पुस २४, २०७६
नर्सिङ्ग आधारभुत बिद्यालयमा पुस्तकालय स्थापना

नेपाल बिद्यार्थी सघं निर्बतमान केन्द्रिय समिति सदस्य तथा कोजी पाराडाईज होटेल एण्ड रेष्टुरेन्टका संचालक बिरेन्द्र गिरीको पहलमा बाजुराको त्रिबेणी नगरपालिका ८ मा रहेको निर्बतमान बिद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।
सुदुरपश्चिमको दुर्गममा रहेको बिद्यालयमा पुस्तकालय स्थापना पछि स्थानिय शिक्षक तथा बिद्यार्थीहरु खुशी भएका छन् । दुर्गम क्षेत्रमा निश्चित स्रोत र साधन भएको ठाउमा पुस्तकालय स्थापनाले बिद्यार्थीहरुमा नियमितता हुनुका साथै शैशिक गुणस्तरमा सुधार आउन पहल हुने बिद्यालयलका प्रधानाध्यापक नन्दसिह थापाले बताए ।
आफुले कखरा सिकेको विद्यालयमा पुस्तकालय स्थापना गर्दा खुशी भएको गिरीले बताए । निश्चित पाठ्यक्रमसंगै बिश्व ईतिहास बालबालिकालाई बुझ्न पुस्तकालयले सहयोग हुने गिरीले बताए । बाजुरा जस्तो भुगोलमा दरबन्दि अनुसार शिक्षक नहुदा बिद्यार्थीहरुको खाली समय पुस्तकालयमा गएर अध्यान गर्न पाउदा बिद्यार्थी खुशी भएका छन् । आफुले पुस्तकालय स्थापनाको लागी अभियान सन्चालन गरेपछि सौर्आद फउण्डेसनले पुस्तक सहयोग गरेको गिरीले बताए । सौर्आद फाउण्डेसनका अध्यक्ष उर्सुला सिहंले आफुले दुर्गम पछाडी परेको बर्गको सहयोगार्थ फाउण्डेसनको स्थापना गरेको बताईन । बाजुरा जिल्ला देशकै पछाडी परेको जिल्लामा थोरै भएपनि राहत पुगोस भन्ने हेतुले नर्सिङ्ग आधारभुत बिद्यालयमा पुस्तकालय स्थापनामा सहयोग गरेको सिंहले बताईन ।
पुस्तकालयमा एक हजार भन्दा बढी पुस्तक संकलन गरीएका छन् । स्कुले बालबालिका मात्र नभएर गाउका युवा बृद्ध बृद्धा महिला किसोर सिसोरीहरु पनि फुर्सदको समयमा अध्यानको लागी फाईदा पुगेको छ । यो पहिलो पटक आफु पढेको स्कुलमा पुस्तकालय स्थापना गरेको र बाकी दिनहरुमा अन्य स्कुलहरु स्थापनाको लागी अभियान चलाउने गिरीले बताए । यूवाहरु समयको महत्वलाई नबुझी रुमल्लीने भन्ने समाजको जनचेतनालाई गिरीको अभियानबाट धेरै काम गर्नसक्छन भन्ने उदाहरण भएको स्थानिय बताउछन् ।

चर्चामा

सम्बन्धित समाचार