शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • एम्बुलेन्स खरीद अनियमित प्रकरणमा मुख्यमन्त्रीको ध्यान

एम्बुलेन्स खरीद अनियमित प्रकरणमा मुख्यमन्त्रीको ध्यान

  • बिहिबार, पुस २४, २०७६
एम्बुलेन्स खरीद अनियमित प्रकरणमा मुख्यमन्त्रीको ध्यान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एम्बुलेन्स खरीद अनियमित प्रकरणमा ध्यान गएकाे छ । मन्त्रि र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीबिच एम्बुलेन्स खरिद प्रक्रिया बारे छलफल भएको छ। मन्त्री सुवेदीलाई बिहिवारआफ्नै निवासमा बोलाएर मुख्यमन्त्री भट्टले एम्बुलेन्स खरिद बारेको विवादका विषयमा सोधपुछ गरेका हुन्।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले एम्बुलेन्स खरीदको वास्तविकता बाहिर ल्याउन मुख्यमन्त्रीबाट सामाजिक विकास मन्त्रीलाई निर्देशन समेत भएको बताए। उनका अनुसार आजै सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै एम्बुलेन्स खरिद बारे प्रष्ट पार्ने छ।

चर्चामा

सम्बन्धित समाचार