बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बाजुराको कोल्टी क्षेत्रमा हिमपात संगै फोन सेवा अवरुद्ध

बाजुराको कोल्टी क्षेत्रमा हिमपात संगै फोन सेवा अवरुद्ध

  • बुधबार, पुस २३, २०७६
बाजुराको कोल्टी क्षेत्रमा हिमपात संगै फोन सेवा अवरुद्ध

बाजुरा २३ पौष — बाजुरा जिल्लाको उत्तरी क्षेत्र बाजुरामा भारी हिमपात संगै फाेन सम्पर्क टुटेको छ । कोल्टी क्षेत्रमा हिमपात संगै टावर नहुदा सम्पर्क टुटेको हो । बडिमालिका नगरपालिका वडा न ७ कालाजग्रा स्थित नेपाल टेलीकमको टावरमा खराबी आएपछि केही दिनदेखि कोल्टी क्षेत्रका सबै स्थानीय तह सम्पर्क बिच्छेद भएका छन् । सञ्चारको एकमात्र सुविधा नमस्ते मोबाइल भए पनि टावर बिग्रिएपछि स्थानीयलाई सास्ती भएको हो ।
कोल्टी क्षेत्र सम्पर्कबिहिन बनेपछि स्थानीयको दैनिकी समेत प्रभावित भएको छ । बडिमालिका नगरपालिको कालाजग्रमा रहेको नेपाल टेलीकमको रिपीटर टावरको सोलार हिउका कारण ब्यट्री शुन्यमा गए पछी उत्तरी क्षेत्र संगको सम्पर्क टुटेको नेपाल टेलीकमले जनाएको छ । पाेरखे र कालाज्रगामा रहेका टावरका ब्याट्री चार्ज हुन नसक्दा सो समस्या भएको टेलीकमको कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा जिल्लामा केही दिन देखी नियमित पानी र कालाज्रगामा हिमपात भएका कारण जान पनी नसकिने भएकाले अझै केही दिन कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहमा टेलीफोन इन्टरनेट समेत नहुने बताएको छ । टेलीफोन र इन्टरनेट सेवा नहुदा त्यहाँका संचार माध्याम बैकहरुमा समेत प्रभाबित भएको स्थानीयले बताएका छन् । हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका सञ्चार सम्पर्क विहीन हुन पुगेको रेडियो बुढिनन्दाका पत्रकार महेश कार्कीले बताएका छन् । मोबाइल नेटवर्क नभएपछि वैदेशिक रोजगारीमा रहेका र काम विशेषले बाहिर गएका आफन्तसँग कुराकानी गर्न समस्या भएको उनको भनाइ छ ।
यो क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । टेलिफोन नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजसमेत प्रभावित भएको नागरिक अगुवा सर्पलाल गिरीले बताए । त्यस क्षेत्रका गाउँपालिकाका अधिकांश स्थानमा मोबाइल सेवा अझै नपुग्दा स्थानीयलाई सास्ती छदैछ तर कोल्टीमा आएर घर बाहीर रहेका आफन्तलाई फोन गर्ने एक मात्र नमस्ते टावर त्यो पनी कालाजग्रा रिपीटर टावरमा आएको खराबीका कारण सबै सम्बन्धबिच्छेद बनेको स्थानीयले बताएका छन् । हिमपातका कारण बाजुरा लगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ ।

चर्चामा

सम्बन्धित समाचार