शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • जिप दुर्घटना बाट मृत्यु भएकाकाे चार दिन पछि मात्र पोष्टमार्टम

जिप दुर्घटना बाट मृत्यु भएकाकाे चार दिन पछि मात्र पोष्टमार्टम

  • आइतवार, पुस २०, २०७६
जिप दुर्घटना बाट मृत्यु भएकाकाे चार दिन पछि मात्र पोष्टमार्टम
फाेटाे : अनिल शाहिकाे फेसबुक बाट

प्रकाश सिंह
हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट सडक दुर्घटना बाट मृतकका शब चार दिन पछि मात्र पोष्टमार्टम भएका छन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुदा चार दिन पछि पोष्टमार्टम भएर आफन्तले आइतवार शब बुझेका छन् । बिहिवार कालापडा भिर बाट कर्णाली नदिमा जिव खस्दा ४ जनाको मृत्यु भएका थियो, भने एकजना अझै बेपत्ता छन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच महिना देखी चिकित्सक बिहिन बन्दै आएको छ । जिल्ला अस्पताल बाजुरामा पाँच जना चिकित्सक छन्, तर उनिहरुलाई पठाउन ढिलो मात्र पहल गरेको थियो । शनिवार मात्र डा. राजु जोशीको नेतृत्वमा टोलि जिल्ला अस्पताल बाजुरा बाट खटाईएपछि चारदिन पछि आइतवार मात्र पोष्टमार्टम भएकोे जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपन्द्र बिश्वकर्माले वताएका छन् । कसैले केही भनेन, अन्तमा मात्र प्रशासनले भनेपछि चिकित्सक पठाएको उनले वताए ।
चार दिन सम्म पनि लाश पोष्टमार्टम नहुँदा चार वटै लाश कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए । मार्तडी देखी कोल्टि सम्मको याात्रा १ दिनको पैदल दुरी लाग्ने गरेको छ, गाडिमा ४ घण्टा लाग्ने गरेको छ । साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा अलि ढिलाई भएको वताए । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा त्यो क्षेत्रका चारवटा स्थानिय तह, हुम्ला र मुगुका बासिन्दाले समस्या भोग्दै आएका छन् ।
जिप बिहिवार कर्णाली करिडोर अन्तर्गत कालापडा भिर बाट कर्णाली नदिमा खसेर जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा जगन्नाथ गाँउपालिका ५ गोत्रि बस्ने गाडि साहु तथा चालक २७ बर्षका रमेश शाहि, हिमाली गाँउपालिका ६ धुलाचौर बस्ने ३५ बर्षका पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ बस्ने ३३ बर्षका दिनेश कुमार घर्ती मगर र मुगुको कर्मारोड गाँउपालिका ८ बस्ने ३८ बर्षका प्रेमा लामा रहेको प्रहरी प्रमुख उद्धब सिं भाटले वताएका छन् । स्वामीकार्तिक गाँउपालिका ४ वाइ बस्ने १३ बर्षकि शुशिला बिक भने बेपत्ता रहेकि छन् । उनको शब खोजिरहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकेप्टर मार्फत कोहलपुर लगिएको प्रहरीले जनाएको छ । से १ ज १०६४ नम्बरको जिप दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार