आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • मार्तडि कोल्टी सडक अबरोध, चिसोले उच्च भागको जनजिवन प्रभाबित

मार्तडि कोल्टी सडक अबरोध, चिसोले उच्च भागको जनजिवन प्रभाबित

  • शनिबार, पुस १९, २०७६
मार्तडि कोल्टी सडक अबरोध, चिसोले उच्च भागको जनजिवन प्रभाबित

बिहिवार दिउँसो देखीको हिमँपातका कारणले बाजुराको मार्तडी कोल्टि सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । सडक अबरोध हुँदा बाजुराका पुर्वोउत्तरका चार वटा स्थानिय तह, हुम्ला, मुगु जाने यात्रुहरु अलपत्र परेका छन् । यो बर्ष दोस्रो पटक ठुलो हिमँपात भएको छ ।
सडक अबरोध हुँदा त्यो क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानी समेत बन्द भएको छ । साथै निर्माण साम्रागि ढुवानी समेत गर्न नसक्दा विकास निर्माणमा समेत प्रभाबित भएको छ । सडक खण्डको पोरखे लेखमा करिब ४ किलोमिटरमा दुई तिन फिट हिउँ परिरहेकोले सडक अबरोध भएको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताएका छन् । अहिले पनि लगातार हिउँ परिरहेकाले अहिले सडक खुल्न सक्ने अबस्था नरहेको उनले वताए ।


सडक बन्द हुँदा हिउँमा हिडेर कष्टकर पैदल यात्रा गर्नुपरेको आड्रा नेपालमा कार्यरत अनमि सुस्मीता परिवारले वताएकि छन् । हिउँ धेरै छ, हिड्डुल गर्न त कति समस्या रहेको छ, अहिले यातायाता सञ्चालन हुन सक्ने अबस्थानै नरहेको उनले वताईन् । हिमाली भेगमा लगातार हिउँपरिरहेकाले उच्च भागको जनजिवन समेत निकै प्रभाबित भएको छ ।


बिहिवार देखि नै शुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका हिमाली र पहाडि क्षेत्रमा हिमपाँत र पानि परिरहेको छ । बझाङ्ग, हुम्ला, जुम्ला मुगु, बाजुरा, दार्चुला, बैतडी, अछाम लगायत जिल्लाको जनजिवन प्रभावित भएको छ । स्थानिय तहमा सरकारी कामकाजमा समस्या भएको छ । लागातारको हिमपाँत र चिसोले हिमाली गाँउपालिका १, २ र ३ बिच्छँया बाट गाँउपालिका आवतजावतमा समस्या भएको वडा नम्बर ३ अध्यक्ष ध्याने रोकायाले वताएको छ । हिमपाँतले हिमाली भेग सञ्चारबिहिन भएको छ । घाम नलाग्दा टावरमा रहेको सोलार नचलेका कारणले फोन सेवा अबरोध भएको छ । त्यस्तै शुक्रवार देखी कैलालीको बुढितोलामा रहेको टावर बिग्रेका कारण शुदुरपश्चिम प्रदेशका पहाडि जिल्लामा नेपाल टेलिकमको फोन र नेट सेवा अबरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार