शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय जनगणना २०७८ काे जिल्ला स्तरिय पूर्व तयारी कार्यक्रम सम्पन्न

राष्ट्रिय जनगणना २०७८ काे जिल्ला स्तरिय पूर्व तयारी कार्यक्रम सम्पन्न

  • बुधबार, पुस ९, २०७६
राष्ट्रिय जनगणना २०७८ काे जिल्ला स्तरिय पूर्व तयारी कार्यक्रम सम्पन्न

मानबहादुर ऐडी
बाजुरा ९ पुष । २०७८ मा हुन गैरहेको १२ आै राष्ट्रिय जानगणनाको पुर्ब सन्ध्यामा जिल्लाको सदमुकाम मार्तडीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख पत्रकार लगाएतको उपस्थितीमा १२ आंै राष्ट्रिय जनगणना २०७८ को तयारी सम्बन्धमा जिल्ला स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रमको अयोजना गरीएको तथ्याङ्क अधिकृत खेमराज भट्टले बताउनुभएको छ । मेरो गणना मेरो सहभागीता भन्ने नाराका साथ संचालन हुने १२ औं राष्ट्रिय जागरण २०७८ लाई भब्य रुपमा सफल पार्न सबैले आ आफ्नो ठाउबाट सहयोग गर्नुजर्ने प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीमा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहनुभएको थियो । जिसस बाजुरा उप संयोजक सुनिता मिजार, बुढीगंगा नगर पालिकाका नगर प्रमुख दिपक बिक्रम शाह बडिमालिका नगर उप प्रमुख कविता विष्ट, शाह, खप्तड छेडेदह गाउपालीकाका अध्यक्ष नरबहादुर रावत, जगनाथ गाउपालिका उपाध्यक्ष ऐना गीरी लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार