बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • दाहसंस्कार गर्न आर्थिक सहयोग

दाहसंस्कार गर्न आर्थिक सहयोग

  • मङ्लबार, पुस ८, २०७६
दाहसंस्कार गर्न आर्थिक सहयोग

बाजुरा ८ पुस —  बाजुराको पुर्वी उत्तरी क्षेत्रमा रहेको स्वामीकार्तिक गाउँपालिका–१साप्पाटाका स्थानीय नरे ल्वारलाई छोराको दाहासंस्कार र क्रियाकाज गर्नका लागि नगद २१ हजार रुपैया आर्थिक सहयोग गरिएको छ ।
दुई वटै छोरा गुमाएका ल्वारलाई बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले पाँच हजार रुपैया सहयोग गरेको दलित अधिकारकर्मी गोरख सार्कीले जानकारी दिनु भएको छ ।
उहाँले दिएको जानकारी अनुसार ल्वारको दुई वटै छोराको मृत्यु भएकाले दाहासंस्कार गर्न गुहार गर्न थालेपछि नगर प्रमुख बडुवालले सहयोग गर्न भएको बताए ।
यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले पनि ल्वारका दुबै छोराको दाहासंस्कार र क्रियाकाज गर्नका लागि १५ हजार र जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमु्ख रुपचन्द्र विश्वकर्माले एक हजार आर्थिक सहयोग गरेको सार्कीको भनाई रहेको छ ।
ल्वारका जेठा छोरा गोरे ल्वार र कान्छो छोरा रत्ने ल्वारको मृत्यु भएपछि मृतकका बुवा नरे ल्वार र आमा सहला ल्वारले दुई वटै छोराको दाहासंस्कार र क्रियाकाज गर्नका लागि आर्थिक अभाव भएकाले सहारा मागेपछि नगर प्रमुख बडुवाल,गाउँपालिका अध्यक्ष शाही र जिल्ला अस्पताल प्रमुख विश्वकर्माले सहयोग गरेका छन ।
साहारा माग्दै आएका बृद्धबृद्धालाई मानवीय सेवाका लागि आर्थिक सहयोग गरिएको नगर प्रमुख पदम बडुवालले बताउनु भएको छ । जनप्रतिनिधी नै गविर,असहाय, अपांगता,सहारा विहिनलाई सहयोग गर्न तत्पर हुने भएकाले सहयोग गरिएको नग प्रमुखले  प्रतिक्रिया दिएका छन् ।
ल्वारको जेठो छोराको बडीमालिका नगरपालिका–८ र ९ मा पर्ने गडया पातल सामुदायिक वनमा मृत्यु भई अस्थिर पञ्जर भेटिएको र सोहीको शोकमा भाई रत्ने ल्वारको मार्तडीमा मृत्यु भएको सार्कीको भनाई रहेको छ ।
जेठो छोराको प्रहरी कार्यालयमा उजुरी दिन आएका ल्वारको कान्छा छोरा बौलाउदै गएपछि एकाएक विरामी भएर जिल्ला अस्पतालमा उपचार गर्न लैजादा मृत्यु भएको आमा सहला ल्वारले बताउनु भएको छ । दुबै छोराको मृत्यु भएपछि साहारा विहिन बनेको बृद्ध आमा ल्वारको दुखेसोे गरेका छन् ।
मृतक रत्ने ल्वारको जिल्ला अस्पताल बाजुरामा पोष्टमार्टम गरी सोमबार नै आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ । पोष्मार्टमपछि आफन्तले हिन्दु परम्परा अनुसार दाहासंस्कार गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार