शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • युवा शसक्तिकरण परियोजनाको बार्षिक समिक्षा

युवा शसक्तिकरण परियोजनाको बार्षिक समिक्षा

  • सोमवार, पुस ७, २०७६
युवा शसक्तिकरण परियोजनाको बार्षिक समिक्षा

बाजुरा ७ पौष– युवा शसक्तिकरण बुलगारी परियोजनाको बार्षिक समिक्षा गोष्ठी बाजुरा जिल्लाको सदरमुकाममा सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पिसवीन बाजुरासंगको साझेदारीमा संचालित कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका ९ ओटा स्थानीय तह मध्य तिन ओटा स्थानीय तहमा बिभिन्न कार्यक्रम गर्दै आएको सो परियोजनाले हालसम्म गरेका कामको प्रगति समिक्षा र आगामी दिनमा परियोजनाका कामहरुलाइ कसरी लैजाने भन्ने बिषयमा छलफल गरिएको पिसवीन बाजुराका प्रबन्धक जुद्ध रावलले बताए ।
बाजुरा जिल्लाका बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा संचालन भएको परियोजनाले तिन ओटै स्थानीय तहका बालबालिका र युवाहरुमा लगानी गरि दिगो समाज निर्माणमा सहयोग गर्ने उदेश्यले सो परियोजनाले काम गर्दै आएको पिसवीन बाजुराका युवा शसक्तिकरण परियोजनाका कार्यक्रम संयोजक धर्म रोकायाले बताए । बार्षिक समिक्षा कार्यक्रममा यस अघि गरेका सबै कार्यक्रम राम्रो भएको र यसपछिका दिनमा यस्तै कार्यक्रम जो युवाहरुले रोजगार श्रृजना गर्न सक्ने कार्यक्रम ल्याउन र युवाहरुलाई युवा उद्यमी बनाउने कार्यक्रम ल्याउन कार्यक्रमका सहभागीहरुले बताए ।
बिगत लामो समयदेखी बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले पछिल्लो समय बिध्यालयमा जान नसकेका युवाहरु लक्षित कार्यक्रमले स्थानीय तहलाई निकै सहयोग पुगेको कार्यक्रममा सहभागी जनप्रतिनीधीहरुले बताएका छन् । बुलगारी परियोजनाले शिक्षा बिकाश र आर्थिक गतिबिधीहरु संचालन गरी बालबालिका र युवाहरुको आर्थिक सुधार गर्ने कार्यक्रम संचालन गर्दै आएको परियोजनाका संयोजक धर्म रोकायाले बताए ।
सन २०१६ देखी २०२० संचालन हसने र भएको कार्यक्रमको मुख्य उदेस्य शिक्षा र जिविकोपार्जमा तिन ओटै स्थानीय तहमा सहयोग गर्ने परियोजनाले जनाएको छ । सो कार्यक्रम संचालन अबधिभरी ४५ प्रतिशत माध्यामिक तहमा अध्यायन गर्ने बिद्यार्थीहरु बिदेश जाने र एसइई परिक्षा अगावै बिबाह गर्ने प्रबिधि रहेकोले कार्यक्रमको उदेश्यमा पुग्न चुनौती रहेको बताएको छ ।
कार्यक्रममा तिन ओटै स्थानीय तहका जनप्रतिनीधी प्रमुख जिल्ला अधिकारी जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार