बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुलमा कुमारी बैंक सञ्चालन

गौमुलमा कुमारी बैंक सञ्चालन

  • सोमवार, पुस ७, २०७६
गौमुलमा कुमारी बैंक सञ्चालन

बाजुरा ६ पौष– गौमुल गाउँपालिकामा आजबाट कुमारी बैंकको शाखा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बैंकको रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाको केन्द्र घट्मुनामा स्थापना गरिएको बैंकले अब गाउँपालिकाका नियममित बैंकिङ्ग कारोबार सहज हुने अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । लामो समयको प्रयासपछि गाउँपालिकामा बैंक सञ्चालन गर्ने सफल भएको बताउँदै बैंककै कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको बताउनुभएको छ ।
बैंकले गाउँपालिका तथा त्यस क्षेत्रका व्यवसायी,उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउन सहज हुने उपाध्यक्ष सिता थापाले बताउनुभएको छ । शाखा विस्तारले आफुहरुका कामकाजहरु छिटो र सहज रुपमा हुने स्थानीय तिलक विकले बताएका छन् । बैंकले आगामी दिनहरुमा थप सेवाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको शाखा प्रमुख नरेन्द्र सिंह साउँदले बताउनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार