बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बडिमालिका
  • नगरपालिका माैन : सदरमुकाममा खानेपानीकाे हाहाकार

नगरपालिका माैन : सदरमुकाममा खानेपानीकाे हाहाकार

  • बिहिबार, पुस ३, २०७६
नगरपालिका माैन  : सदरमुकाममा खानेपानीकाे हाहाकार
फाइल फाेटाे

नगरपालिका माैन बस्ता सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएको छ । विगत देखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामबासी फेरि पनि खानेपानी पिउनबाट बन्चित भएका छन् । नगरपालिकाका जनप्रतिनिधीका अाफ्नै ठेकेदार र जनप्रतिनिधी नै ठेकेदार भएर बजारमा अाउने खानेपानीकाे पाइप काटेपछी साे समस्या अाएकाे हाे ।

बडीमालिका नगरपालिकाले मार्तडीको खानेपानी व्यवस्थित गर्ने भनेको वर्षौ भईसक्यो कराेडाै खर्च गरिसक्याे तर मार्तडीबासीका लागि नत अहिलेसम्म नियमित पानी आउँछ नत आईरहेको पानी व्यवस्थित भएको छ स्थानीयहरुले गुनासो गर्ने गरेका छन् ।

दुई हप्तादेखि मार्तडीमा खानेपानीको सङ्कट बढ्दै गएको छ । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारबासी थापावाडा  बाउली र बिद्युत नहरकाे पानी प्रयाेगमा  ल्याइरहेका छन् ।

बडीमालिका नगरपालिकाले निमार्ण गरेका ४ वटा ठुला खानेपानीका ट्याङ्गकी निर्माण भईसकेका भएपनि सदरमुकाममा भने खानेपानी प्रयाप्त मात्रामा नपुगेकाे स्थानीयले बताएका छन् ।

खानेपानी लिनकै लागि अहिले सदरमुकाम बासीहरुले कुवाको पानीका लागि घण्टौँ लाईनमा बस्नु पर्ने बाध्यता रहेको छ । आफुहरुले खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरेका भएपनि छिट्टै समस्या समाधान गछौँ भनेर टार्ने गरेको स्थानीय धर्म रोकायाले आक्रोश व्यक्त गरेका छन् ।

जिल्लाकै जेठो भनेर परिचित नगरपालिकाको हालत देख्दा स्थानीय चकित भएका छन् । खानेपानीको लागि नै घण्टौँ लाग्ने भम्क, पाल्त, थापाबाडा लगायतका ठाउँबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

यता बडीमालिका नगरपालिले भने खानेपानीलाई व्यवस्थित गर्ने बृहत योजना बनाएर अघि बढेको भएपनि समयमै व्यवस्थापन गर्न सकेको छैन् । नगरपालिकाले अासेपासेलाइ ठेक्का दिएकाे र समयमै काम सम्पन्न नहुदा साे समस्या अाएकाे स्थानीयकाे अाराेप छ ।

पटक–पटक खानेपानी व्यवस्थित गर्ने योजना नगरले गरेको भएपनि हालसम्म पनि सकिरहेको छैन् । जनप्रतिनिधिकै डोजरले सडक निर्माण गर्ने क्रममा खानेपानीका लाईनहरु क्षतविक्षेद बनाएर यत्रतत्र बनाएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार