बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक

  • मङ्लबार, पुस १, २०७६
कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जना सम्मिलित भएका थिए । जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै neb टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ ।

परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै neb टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ ।

यस्तै वेबसाइटमा www.neb.gov.np,www.neb.ntc.net.np,www.edusanjal.com, www.theconnectplus.com मार्फत् पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार