बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • बलिउड अभिनेत्री पायल पक्राउ

बलिउड अभिनेत्री पायल पक्राउ

  • सोमवार, मंसिर ३०, २०७६
बलिउड अभिनेत्री पायल पक्राउ

शो बिग बोसबाट चर्चामा आएकी बलिउड अभिनेत्री पायल रोहतगीलाई प्रहरीले पक्राउ गरेको छ।

रोहतगीलाई राजस्थानको बुन्डी प्रहरीले अहमदाबादबाट पक्राउ गरेको हो। अहमदाबाद प्रहरीले पायलको पक्रउको पुष्टि गरेको छ भने उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई पक्राउ गरिएको जानकारी दिएकी छन्।

बुन्डी प्रहरी एसपी ममता गुप्ताले पायललाई पक्राउ गरी जयपुर ल्याइएको जानकारी दिएकी छन्। उनले मनेकी छन्, ‘पायल रोहतगी पक्राउ गरी बुन्डी ल्याइएको छ। उनले पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूको बारेमा गलत टिप्पणी गरेकी थिइन।’बुन्डी प्रहरीले पक्राउ परेकी पायलविरुद्ध आईटी ऐनको धारा ६६ ६७ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

पायलले ट्विटमा भनेकी छन, ‘मोतिलाल नेहरूको भिडियो बनाएर राजस्थान पुलिसले मलाई पक्राउ गरेको छ। भिडियोमा दिइएको जानकारी मैले गुगलबाट लिएकी हुँ, के अभिव्यक्ति स्वतन्त्रता भनेको मजाक हो?’ पायलले यस भिडियोमा पीएमओ भारत र गृह मन्त्रालयलाई ट्याग गरेकी छन्।

 खबरअनुसार सामाजिक सञ्जालमा २१ सेप्टेम्बर २०१९ मा पायल रोहतगीको तर्फबाट एक भिडियो र पोस्ट गरिएको थियो। जसमा पूर्व स्वतन्त्रता सेनानी मोतीलाल नेहरू र पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरू र इंदिरा गान्धीको बारेमा आपत्तिजनक टिप्पणी गरिएको थियो। यो टिप्पणीको विरोधमा समाजसेवी तथा कांग्रेसका युवा नेता चर्मेश शर्माले उनीविरूद्ध उजुरी दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार