बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेका १६ एम्बुलेन्स सञ्चालनमा समस्या

सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेका १६ एम्बुलेन्स सञ्चालनमा समस्या

  • बुधबार, मंसिर २५, २०७६
सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेका १६ एम्बुलेन्स सञ्चालनमा समस्या

सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेका १६ एम्बुलेन्स सञ्चालनका लागि स्वास्थ्य संस्थालाई समस्या भएको छ। विरामी बोके वापत पाउने भाडाबाट मात्रै एम्बुलेन्स सञ्चालन गर्न नसकिने भएपछि सञ्चालनमा समस्या भएको हो। अहिले एम्बुलेन्स पाएका अधिकासं स्वास्थ्य सस्थाले एम्बुलेन्स सञ्चालन त गरेका छन् तर व्यवस्थापन नहुँदा समस्या भएको हो।

डडेल्धुराको जोगबुढा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र चौधरीले एम्बुलेन्स पाएपनि चालक र स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा समस्या भएको बताए। उनले अहिले पूरानो एम्बुलेन्सलाई थन्काएर सोही एम्बुलेन्सका चालकले नयाँ एम्बुलेन्स चलाईरहेको बताए।

चार वटा एम्बुलेन्स पाएको अछाम जिल्लाले पनि व्यवस्थीत रुपमा सञ्चालन गर्न सकेको छैन्। अछाम स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङगानाले दुई वटा एम्बुलेन्स मात्रै सञ्चालन भएको बताउँदै एम्बुलेन्समा स्वास्थ्यकर्मी भने पठाउन नसकिएको बताए। प्रदेश सरकारले एम्बुलेन्स हस्तान्तरण गर्दा विरामीसंगै अनिवार्य स्वास्थ्यकर्मी पठाईने बताएको थियो।

स्वास्थ्य कार्यालयहरुले अहिले सम्म एम्बुलेन्सको भाडा समेत निर्धारण हुन नसकेको बताएका छन्। चालक र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन सम्वन्धीत स्थानीय तहले गर्ने भनिएपनि प्रदेश सरकारले समन्वय नगर्दा समस्या भएको हो। कार्तीक २० गते १६ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकारले एम्बुलेन्स हस्तान्तरण गरेको थियो।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, दार्चुलाको दुँहु गाउँपालिकामा रहेको हिकिला स्वास्थ्य चौकी, नौगाड गाउँपालिकाको खार स्वास्थ्य चौकी, बैतडीको कुलाउ स्वास्थ्य चौकी, रायल प्राथमिक स्वास्थ्य केन्द्र बझाङ र बझाङकै मटेला स्वास्थ्य चौकीलाई एम्बुलेन्स दिइएको थियो।

यस्तै डडेल्धुराको परशुराम नगरपालिका स्थित जोगबुढा अस्पताल, नवदुर्गा गाउँपालिकाको नवदुर्गा स्वास्थ्य चौकी, डोटीको जिल्ला अस्पताल, अछामको बाब्ला स्वास्थ्य चौकी, कमल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, बान्नीगढी स्वास्थ्य चौकी र जिल्ला अस्पताल अछामलाई एक/एक थान एम्बुलेन्स हन्तान्तरण गरिएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड ४० लाख रुपैँया बजेट विनियोजन गरिएकोमा ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैँयामा १६ वटा एम्बुलेन्स खरिद गरि वितरण गरिएको हो।

 साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार