आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • भ्रमण वर्षको पूर्वसन्ध्यामा देश चिनाउने देउडा गीत सार्वजनिक

भ्रमण वर्षको पूर्वसन्ध्यामा देश चिनाउने देउडा गीत सार्वजनिक

  • सोमवार, मंसिर २३, २०७६
भ्रमण वर्षको पूर्वसन्ध्यामा देश चिनाउने देउडा गीत सार्वजनिक

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय क्षेत्र र कला सँस्कृति चिनाउने देउडा गीत सार्वजनिक भएको छ। स्वर्णिम शाहीले आफ्नै शब्द र संगीतमा ‘चलन चलिया’ बोलको देउडा गीत आइतबार सार्वजनिक गरेका हुन्। सो गीत गाउन स्वर्णिमलाई माण्डबी त्रिपाठीले साथ दिएकी छन्।

कर्णाली र सुदूरपश्चिमका जिल्लाका विशेषता तथा त्यहाँका धार्मिक एवम् पर्यटकीय क्षेत्रको वर्णन देउडा भाकामा गरिएको छ। पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको एकसाथ पहिचान दिने उद्देश्यले ‘चलन चलिया’गीत ल्याएको शाहीले बताए। कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको यो गीत विशेष फिल्मस् युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन्।

शाही जनयुद्धको समयमा बाल कलाकार थिए। कालिकोटको पचाल झरना गाउँपालिका वडा नम्बर ९ निवासी शाही २०५७ सालमा १४ वर्षको कलिलो उमेरमै जनयुद्धमा पूर्णकालीन भएका थिए।शाहीका एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन्। उनको गीत चर्चित गायीका अन्जु पन्तलगायतले गाएका छन्।

चर्चामा

सम्बन्धित समाचार