बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जगन्नाथ
  • सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्नलाग्दा जलेर १ जनाकाे मृत्यु

सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्नलाग्दा जलेर १ जनाकाे मृत्यु

  • आइतवार, मंसिर २२, २०७६
सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्नलाग्दा जलेर १ जनाकाे मृत्यु

बाजुरा २२ मंसिर — सामुदायिक वनमा लागेका आगो नियन्त्रण गर्नलाग्दा जलेर १ किशोरकोे मृत्यु भएको छ । जगन्नाथ गा“उपलिका वडा नं १ मा रहेको काउचाझुलाकाटिया वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा लडेर आगोमा परेपछी जलेर सोही वडाको ढाडाकोटका १५ वर्षिय किशोर रति विकको मृत्यु भएको गाउ“पािलकाका प्रवक्ता डबल बिकले जानकारी दिए ।
शनिबार बिहानबाट लागेको आगो नियन्त्रण गर्न युवक दिउसो सो स्थानमा गएको र आगो नियन्त्रण गर्न लाग्दा किशोर लडेर आगोमा परेपछी शक्त घाइते भएका थिए । विक घाइते भएपछि उपचारका लागि आफन्तले कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा ल्याएको र उपचारको क्रममा उनको शनिबार सा“झ ७ बजे मृत्यु भएको आफन्तले बताएका छन् ।
शनिबार बिहानेदेखि लागेको आगो सामुदायिक बनभरी फैलिएकाले नियन्त्रण लिन नसकिएको पनि बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार