शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • पहिलो पटक खुलेर आफ्नो समस्या भनिन् किशोरीले

पहिलो पटक खुलेर आफ्नो समस्या भनिन् किशोरीले

  • शुक्रबार, मंसिर २०, २०७६
पहिलो पटक खुलेर आफ्नो समस्या भनिन् किशोरीले

प्रकाश सिंह
बुढिगंगा नगरपालिका कि १५ बर्षिय मनिशा बिक (नाम परिवर्तन) को प्रजनन अंगमा समस्या भएको ३ बर्ष भएको थियो । उनले लाज मानेर कसैलाई भनेकि थिईनन्, आमालाइ त भनिन्, तर छोरीको लाज हुन्छ भनेर कसैलाई भनिन् । तर गाँउमा रहेको टाँटे स्वास्थ्य चौकीमा वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सञ्चालन भएपछि पहिलो पटक आफ्नो समस्या राखेको वताईन् ।
पहिला त समस्या पनि भन्न मानिन्, चिकित्सकले राम्रो सँग सल्लाह र समस्याका बारेमा भन्ने प्रेरित गरेपछि पहिलो चोटी खुलेको बताईन् । चिकित्सकले उनलाई उपचार गरेर र परामर्श दिएर पठाए । उनि जस्तै १७ बर्षिय लक्ष्मी नेपाली (नाम परिवर्तन) ले पहिलो पटक समस्या राखेर चिकित्सक बाट परामर्श लिईन् । उनले भनिन्, कसैलाई पनि भन्न लाज लाग्ने गरेको थियो, शिबिरमा गोप्य ठाँउमा चेकजाँच थियो, समस्या आफुले खुलेर भनेको र समस्या समधान हुनेमा ढुक्क रहेको लक्ष्मीले वताईन् ।


उहाँहरु जस्तै धेरै किशोरीहरुले पहिलो पटक आफ्नो समस्याको बारेमा चिकित्सक कहाँ राखेर परामर्श सेवा र उपचार गरेका छन् । जिल्लामै पहिलो पटक वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सञ्चालन भएपछि उनिहरुले सेवा पाएका हुन् । शिबिर आड्रा नेपालको आयोजना, यूकेआइडी, यूएनएफपीएको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाजुराको समन्यवमा बाजुराको दुई ठाँउमा बिशेषज्ञ चिकित्सक सहित शिबिर सञ्चालन भएको थियो । शिविरमा मुख्य गरेर यौन तथा प्रजनन् स्वास्थ्य समस्या केन्द्रित भएर सेवा दिएको आड्रा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताए । शिबिरमा १ हजार ९५ किशोर किशोरीले सेवा पाएको उनले वताए । २४ सय भन्दा बढिलाई किशोर किशोर मैत्रि सुचना तथा संचार सामाग्री बितरण गरिएको उनले वताए ।


शिबिर उत्तरी क्षेत्रका चार स्थानिय तहलाई लक्षित गरेर कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र र तल्लो क्षेत्रका ५ स्थानिय तहलाई लक्षित गरेर टाँटे स्वास्थ्य चौकीमा दुई, दुई दिन सम्म सञ्चालन भएको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख लाल बहादुर खड्काले वताएका छन् । शिबिरमा किशोरी किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि बिशेषज्ञ डा. ईश्वर प्रसाद उपाध्याय र डा प्रियंका श्रेष्ठ लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।
शिबिरमा मनोसामाजिक सेवा मनोबैज्ञानिक परामर्श समेत दिइएको थियो । किशोर किशोर मैत्री सुचना ७ सय ३४, समुह परार्मश सेवा ६ सय ३४, मनोसामाजिक परार्मश सेवा ७८, बिशेष परार्मश सेवा ३५, बहिरङ्ग सेवा ४ सय ५०, परिवार नियोजन सेवा २३ र औषधि बितरण सेवा ३ सय ४६ जनालाइ सेवा दिइएको आयोजकले वताएका छन् । डा. ईश्वर प्रसाद उपाध्यायले भने धेरै आफ्नो समस्याका बारेमा बाहिर ल्याउन नचाहाने, सामान्य परिवर्तन भएपनि रोग लागेको भनेर चिन्ता लिने गरेको पाइएको उनले वताए । साथै प्रजनन शिक्षा समेत जानकारी नभएको वताए । मानसकि रुपमा अलि तनाब देखिएको पाईएको र घर समाज बिद्यालयमा समेत खोल्न नचाहाने रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार